जो कोहीलाई पनि हुन सक्छ यस्तो बिमारी, हरेक अभिभावकले पढ्नुपर्ने स्टोरी
एजेन्सी। अष्ट्रेलियाकी एक महिलाकी तीन वर्षीया छोरीलाई ज्वरो आएपछि उनलाई अस्पताल लगियो। चेकअपपछि डाक्टरले बालिकाको पेटमा समस्या भएको बताए र औषधि दिएर घर पठाए। अस्पतालबाट घर आएपछि बालिकाको स्वास्थ्य अवस्था झन् बिग्रियो। उनी बेहोर थिइन र उनको अंगले काम गर्न छोडे। अस्पतालमा फेरि चेकअप हुँदा उनको दिमाग भित्रका अंग सुन्निएको थियो, जुन ज्वरोका कारणले हुन्छ।
यो घटना सिड्नीकी मारिया स्ट्रो नामकी महिला र उनकी तीन वर्षकी छोरी किवर्नीको हो। जो अहिले अस्पतालमा जीवनसँग संघर्ष गरिरहेकी छन्। मारियाका अनुसार केही महिला पहिला किवर्नीलाई ज्वरो आएको थियो। सामान्य ज्वरो सम्झेर उनीहरुले सामान्य औषधि सेवन गराए। तर त्यो औषधिको कुनै असर देखिएन। ज्वरो झन बढ्दै गयो। उनको शरीरको तापक्रम ४१.३ डिग्री सेल्सियस भयो। उनले लगातार उल्टी गर्न थालिन्। त्यसपछि मारियाले छोरीलाई अस्पताल लिएर गइन्, त्यहाँ रगत जाँच गरेपछि डाक्टरले पेटमा समस्या भएको बताए। त्यसपछि डाक्टरले डिहाइड्रेशनको औषधि दिएर घर पठाए।
अस्पतालबाट घर आएपछि उनको स्वास्थ्य झन बिग्रियो। उनी राति उठेर रुन थालिन्। विहानसम्ममा उनका अंगले काम गर्न छोडेका थिए। र उनी बेहोस भइन्। त्यसपछि १२ घण्टाभित्रै उनलाई फेरि अस्पताल लगियो।अस्पताल गरेपनि पहिला उनको सिटीस्क्यान गरियो। त्यसपछि एमआरई पनि गरियो। त्यसपछि फ्लूका कारण बालिकाको दिमाग सुन्निएको छ। यो दुर्लभ अवस्थालाई मेडिकल भाषामा एकयूट नेक्रोटिसिङ एंसेफेलोप्याथी भनिन्छ। जुन इन्फ्लुएन्जाका कारण हुन्छ। यो भाइरसका कारण बालिकाको अवस्था नाजुक भएको छ। अहिले बालिकाकी आमा मारिया अन्यलाई यो रोगका विषयमा जानकारी दिएर सर्तक गराइरहेकी छन्।
November 29, 2018 10:30 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन