सधै स्वास्थ्य र सुन्दर रहन खानुहोस् यी ५ प्रकारका खाना
बढ्दो उमेरसंगै महिलाले कैयौ स्वास्थ्य समस्याको सामना गर्नुपर्दछ । यो समस्या तब बढ्दै जान्छ जब शरीरमा अत्यावश्यक भिटामिन तथा अन्य खनिज पदार्थको कमी हुन्छ । यदि खानपानमा मात्रै ध्यान दिने हो भने पनि कैयौं रोगबाट बच्न सकिन्छ । पुरुष हो या महिला खानुस् ती
यस्ता छन् ५ प्रकारका खाना १. भिटामिन ‘ए’ : बढदो उमेरको असर महिलामा चाडै देखिन्छ । गाजर, अण्डा, दुध, टमाटर, व्रोकाउली, बन्दा, पाकेको खुर्सानी तथा पहेंला फलफुल भिटामिन एका प्रमुख स्रोतहरु हुन् । खानामा यीकुराहरु सामेल गर्नाले महिलामा देखिने बुढ्यौलीपनालाई कम गर्दछ।
२. भिटामिन ‘डि’ : भिटामिन डियुक्त खानाले महिलाको प्रजनन् स्वास्थ्य तथा महिनावारीको समयमा हुने समस्या समाधान गर्दछ । विहानी तथा अस्ताउँदाको घामबाट भिटामिन डि प्राप्त गर्न सकिन्छ । साथै खानामा दुध, माछा तथा अण्डाको प्रयोग गर्नुपर्दछ।
३. भिटामिन ‘इ’ : भिटामिन इ मा भएको एन्टीएजिङ तत्वले महिलाको छालामा आउने चायापोतो, डन्डिफोर तथा इन्फेक्स हुनबाट बचाउछ ओखर, बदाम, पालङ्गो, सूर्यमुखीको बिउलगायतबाट भिटामिन इ प्राप्त गर्न सकिन्छ । खानामा यी कुराहरु समावेश गर्नुपर्दछ।
४. भिटामिन ‘वि-१२’ : महिलाको बढ्दो उमेरसँगै रक्तअल्पताको समस्या उत्पन्न हुन्छ । यसबाट बच्नका लागी महिलाले भिटामिन वि १२ युक्त अण्डा, माछामासु, दहि दुध लगायतका खाना खानुपर्दछ।
५. फ्यालीक एसिड : यसले महिनावारीको समयमा शरिरमा हुने रगतको कमीलाई कम गर्दछ । त्यसैले खानामा मेवा, सुन्तला, स्ट्रवेरी, व्रोकाउली,बदाम लगायतका खानेकुरा खानुपर्दछ।
November 29, 2018 10:42 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन