शिक्षिकाले भनिन्– मलाइ थाहा थियो उनी स्पेशल छन् उनलाई मात्र प्रेमको आवश्यका थियो
एजेन्सी। अमेरिकाकी १२ वर्षका एक विद्यार्थीले आफूलाई पढाउने शिक्षिकाले धर्मपुत्र बनाउन चाहेको थाहा पाएपछि उनी निकै खुशी भए। उनी पाँच वर्षदेखि नै आफ्नी आमा र भाइ बहिनीभन्दा टाढा बस्दै आएका थिए। योबीचमा दुई वटा परिवारले उनलाई धर्मपुत्र बनाउने कोशिश गरेका थिए। अब उनलाई सधैंकालागि आफ्नो परिवार प्राप्त भएको छ। उनका शिक्षिकाले उनलाई आफ्ना छोराको रुपमा स्वीकार गरेकी छन्।यो स्टोरी फ्लोरिडाकी स्कुल शिक्षिका लार्डेस लोपेज (४३) र उनका विद्यार्थी स्काट ह्वाइट (१२) को हो। लार्डेस आफ्ना श्रीमान जर्ज र दुई छोरासँग मियामीमा बस्छिन्। उता स्काट पाँच वर्षको हुँदादेखि फास्टर होममा बस्दै आएका थिए।
स्काटलाई यस्ती सिंगल मदरले जन्म दिइन् जो नशाकोे लतमा थिइन् र उनका चार बच्चा पहिलादेखि नै थिए। यही कारण महिलाको अवस्थालाई मध्यनजर गर्दै सरकारी एजेन्सीले स्काटलाई आमाबाट अगल गरेर फास्टर होममा राखेको थियो।लार्डेसले केही दिन अगाडि आफ्ना पति र छोराहरुको सहमतिपछि स्काटलाई आफ्नो छोराको रुपमा स्वीकार गरेकी थिइन्। आफूलाई धर्मपुत्रको रुपमा स्वीकार गरेको थाहा पाएपछि स्काटले उनलाई अंकमाल गरे।
लार्डेसले स्काटलाई पहिलो पटक सेक्टेम्बर २०१७ मा मियामी हाईट्स एलिमेन्ट्री स्कुलाम पाँच कक्षामा भर्ना भएका बेला देखेकी थिइन्।
त्यतिबेला उनले स्काटलाई एक्स्ट्रा केयरको आवश्यक रहेको ठानिन्। ती शिक्षिकाका अनुसार उनले जब स्काटका बारेमा जानकारी पाइन् तब उनले बालकलाई केयर गर्ने निधो गरिन्। र उनले स्काटलाई विशेष हेरचाह गर्न थालिन्।
उनले स्काटलाई यसअघि पनि दुई परिवारले धर्मपुत्रका रुपमा लिने प्रयास असफल भएको थाहा पाइन्। त्यसपछि उनले आप्ना श्रीमान र दुई छोरालाई स्काटलाई धर्मपुत्रका रुपमा स्वीकार गर्ने विषयमा सोधिन्। उनीहरु तीनै जनाले सहमति दिए। स्काटलाई धर्मपुत्रका रुपमा स्वीकार गर्ने प्रक्रिया आगामी महिना पूरा हुन्छ।
December 3, 2018 9:35 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन