‘मिस वल्र्ड २०१८’ प्रतियोगितामा श्रृंखलाको जीत
काठमाडौँ, १९ मंसिर । चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड २०१८’ प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् । सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी हुन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्र्याक इभेन्टअन्तर्गत उनले सात मध्ये दुई अवार्ड जितेकी हुन् । आइतबार घोषणा भएको ‘हेड टु हेड च्यालेञ्ज’मा भने श्रृंखला दोस्रो चरणमा सिंगापूरे सुन्दरीबाट पराजित भएकी थिइन् ।
मिस वल्र्डमा धेरै महत्वका साथ हेरिने व्युटि विथ पर्पजमा श्रृंखलाले बनाएकी भिडियो २५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो । विश्वभरका ११८ देशका सुन्दरीले ‘मिस वल्र्ड २०१८’मा भिडियो लिएर गएका थिए । आयोजकले ११८ भिडियोहरुमध्ये २५ भिडियोलाई सर्टलिष्टमा राखेको थियो ।
यसरी छानिएका २५ भिडियोमध्ये श्रृंखलाले बनाएकी भिडियो उत्कृष्ट भएको हो । श्रृंखलाले मकवनपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यस समस्दायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन् । मिशन बानियाले श्रृंखलाले भिडियो निर्माणमा सहयोग गरेका थिए ।
सोमबार नै ‘मल्टिमिडिया अवार्ड’को घोषणा पनि भएको थियो । नेपालकी श्रृंखलालाई यो विधामा भने सुरुदेखिनै दाबेदार मानिदै आएको थियो । सामाजिक सञ्जालमा उपस्थिति, फलोअर इन्गेजमेन्ट, क्रिएटिभ कन्टेन्ट, र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा श्रृंखलाले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् ।
श्रृंखलाले फेसबुक, इन्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यमबाट दमदार उपस्थिति जनाएकी थिइन् । सामाजिक सञ्जाल बाहेक प्रतियोगीले मिल वल्र्डको आफ्नो यात्रालाई प्रस्तुत गर्ने शैली पनि निर्णयको आधारको रुपमा अगाडि सारिएको थियो ।दुई विधाका अवार्ड जितेसँगै श्रृंखला फाइनलमा प्रवेश गरेकी छन् । अब ३० प्रतियोगीबाट १२ प्रतियोगी अर्को चरणमा पुग्नेछन् । सोही १२ प्रतियोगीबाट ५ जना अर्को चरणमा पुग्नेछन् । यिनै पाँचजनामध्ये एक जना मिस वल्र्ड बन्नेछ ।
December 5, 2018 10:16 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन