Tuesday 30th April 2024

मिस्टर एण्ड मिस शेर्पाको लागि आवेदन खुल्ला, सहभागी हुन यी नियम पुरा गर्नुपर्ने छ

5 years अगाडी

काठमाडौ १९ मंसिर । शेर्पा समुदायका टिनयजर्ज युवायुवतीहरुलाई लक्षित गरी आयोजना गर्न लगिएको मिष्टर एण्ड मिस टिन शेर्पा २०१९ को आवेदन खुल्ला गरिएको छ । शेर्पा समुदायका किशोर किशोरीहरुको ब्यक्तित्व विकास तथा शेर्पा संस्कृतिलाई विश्व सामु चिनाउने उद्देश्य स्वरुप ‘मिस्टर एण्ड मिस टिन शेर्पा २०१९ ’ को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । शेर्पा समुदायका किशोर किशोरीहरुको लागि भने यो सबैभन्दा ठुलो अवसर तथा किशोरकिशोरीहरुको लुकेको प्रतिभालाई देखाउनका लागि राम्रो अवसर हुनेछ ।

यस इभेन्टले किशोरकिशोरीहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्नुका साथै भविष्यका लागि मार्गदर्शन गर्नमा ठुलो सहयोग पुग्ने छ । समाजका उनीहरुको लिडरशिपको लागि क्षमता प्रदान गर्नुका साथै शेर्पा कल्चरको संरक्षण यो इभेन्टले गर्ने आयोजकले जनाएको छ ।

यस इभेन्टमा सहभागी हुन चाहने शेर्पा समुदायका किशोरकिशोरीहरुले नाम दर्ता गर्नका लागि गौतम बुद्ध फिल्म प्रालि (९८०८११२३१४१ र ९८२३१४३००१) मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगीताको लागि अर्को हप्ता अडिशन हुदैछ । नयाबस्ती तामाङ गुम्बा जाने बाटोमा रहेको शानभी होटल एण्ड स्पोर्ट क्ववमा अडिशन हुने आयोजकले जनाएको छ ।

मिस्टर एण्ड मिस शेर्पा २०१९ मा सहभागी हुन निम्न अनुसार मापदण्ड निर्धारण गरिएको छ

प्रतियोगीतमा सहभागी हुनका लागि शेर्पा समुदायको हुनु पर्नेछ । अन्य समुदायको प्रतियोगीले सहभागी हुन पाउने छैन । उमेरको हकमा १३ देखि २० बर्ष सम्मको हुनु पर्नेछ भने स्कुल तथा कलेज लेवर शिक्षा प्राप्त गरेको हुनु पर्नेछ । सहभागी हुन उचाइमा बार लगाइएको छैन । उचाइ जेजति भएपनि हुने आयोजकले जनाएको छ । प्रतियोगी अविवाहित हुनु पर्नेछ ।

          December 6, 2018 10:35 pm | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...