मिस्टर एण्ड मिस शेर्पाको लागि आवेदन खुल्ला, सहभागी हुन यी नियम पुरा गर्नुपर्ने छ
काठमाडौ १९ मंसिर । शेर्पा समुदायका टिनयजर्ज युवायुवतीहरुलाई लक्षित गरी आयोजना गर्न लगिएको मिष्टर एण्ड मिस टिन शेर्पा २०१९ को आवेदन खुल्ला गरिएको छ । शेर्पा समुदायका किशोर किशोरीहरुको ब्यक्तित्व विकास तथा शेर्पा संस्कृतिलाई विश्व सामु चिनाउने उद्देश्य स्वरुप ‘मिस्टर एण्ड मिस टिन शेर्पा २०१९ ’ को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । शेर्पा समुदायका किशोर किशोरीहरुको लागि भने यो सबैभन्दा ठुलो अवसर तथा किशोरकिशोरीहरुको लुकेको प्रतिभालाई देखाउनका लागि राम्रो अवसर हुनेछ ।
यस इभेन्टले किशोरकिशोरीहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्नुका साथै भविष्यका लागि मार्गदर्शन गर्नमा ठुलो सहयोग पुग्ने छ । समाजका उनीहरुको लिडरशिपको लागि क्षमता प्रदान गर्नुका साथै शेर्पा कल्चरको संरक्षण यो इभेन्टले गर्ने आयोजकले जनाएको छ ।
यस इभेन्टमा सहभागी हुन चाहने शेर्पा समुदायका किशोरकिशोरीहरुले नाम दर्ता गर्नका लागि गौतम बुद्ध फिल्म प्रालि (९८०८११२३१४१ र ९८२३१४३००१) मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगीताको लागि अर्को हप्ता अडिशन हुदैछ । नयाबस्ती तामाङ गुम्बा जाने बाटोमा रहेको शानभी होटल एण्ड स्पोर्ट क्ववमा अडिशन हुने आयोजकले जनाएको छ ।
मिस्टर एण्ड मिस शेर्पा २०१९ मा सहभागी हुन निम्न अनुसार मापदण्ड निर्धारण गरिएको छ
प्रतियोगीतमा सहभागी हुनका लागि शेर्पा समुदायको हुनु पर्नेछ । अन्य समुदायको प्रतियोगीले सहभागी हुन पाउने छैन । उमेरको हकमा १३ देखि २० बर्ष सम्मको हुनु पर्नेछ भने स्कुल तथा कलेज लेवर शिक्षा प्राप्त गरेको हुनु पर्नेछ । सहभागी हुन उचाइमा बार लगाइएको छैन । उचाइ जेजति भएपनि हुने आयोजकले जनाएको छ । प्रतियोगी अविवाहित हुनु पर्नेछ ।
December 6, 2018 10:35 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।