Tuesday 30th April 2024

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बिधि मिचेर भ्रमको खेती गर्दै उपकुलपति कोइराला

5 years अगाडी

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविविद्यालयमा करिब ३ महिनादेखि चलेको आन्दोलन निश्कर्षमा पुग्न सकेको छैन । यही अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलति (भिसी) उपेन्द्र कोइलालाले विधि मिचेर निर्णय गर्दा समस्या झन् बल्झिएको छ ।

बिहीबार रजिष्टार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको झुटो भ्रम उपकुलपति कोइरालाले फैलाएका छन् । मप विश्वविद्यालय ऐन अनुसार उपकुलपति, रजिष्टार र सेवा आयोग अध्यक्ष बर्खास्त गर्नको लागि सिनेटको एक चौथाई सदस्यले कुलपपति (प्रधानमन्त्री) समक्ष निवेदन दिनुपर्छ । त्यसपछि कुलपतिले ३ सदस्सीय छानबिन समिति गठन गर्नुपर्छ । 

समितिमा कुलपतिले तोकेको व्यक्ति संयोजक र शिक्षा मन्त्रालयको सचिव र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहने प्रावधान छ । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन दिने म्याद दिइन्छ । समितिले दिएको प्रतिवेदन सिनेट बैठकमा प्र्रस्तुत हुन्छ । सो प्रतिवेदनमा निज पदाधिकारीलाई हटाउने राय भएमा सिनेट बैठकले बहुममतबाटल निर्णय गरेमा पदाधिकारी पदमुक्त हुने प्रावधान रहेको छ ।

यस्तो कानुनी प्रावधानलाई नजरअन्दाज गर्दै बिहीबार रजिष्टार हटाएको गलत प्रचार भएको छ । मप विश्वविद्यालयका उपप्राध्यापक रुपेश खत्रीले नियम कानुन मिचेर गलत निर्णय भएको र अहिले पनि गलत तरिकाले हल्ला फिजाइएको बताए । ‘शासन व्यक्तिको होइन विधिको हुनुपर्छ,’ खत्रीले भने, ‘यसले विश्वविद्यालयलाई तहसनहस गर्छ, अव सुर्खेती जनता विश्वविविद्यालय जोगाउन जुट्नुपर्छ । देउतीखबरबाट

          December 7, 2018 3:12 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...