चितवनका ईन्द्र मणीको कुवेतमा मृत्यु
कुवेत – साबिकको बिरेन्द्र नगर नगरपालिका-७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्यु भएको छ। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको आज डिसेम्बर-७, शुक्रबार-२०१८ का दिन बिहान मृत्यु भएको हो ।
हाल नेपाल छुट्टीमा रहेका चितवन सेवा समाज कुवेतका सदस्य नबिन शिवकोटीले तितोपाटी डटकम सँग भने”उक्त रक्तचाप तथा हात-खुट्टा सुन्निएर कुवेतको फर्वानिया अस्पातल भर्ना भएका ईन्द्रमणीको निधनको खबरले परिवार शोकमा डुबेको छ। करिब ८-९ बर्ष देखी कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५बर्षिय ईन्द्रमणी केही समय देखी जन्डीस रोगले समेत ग्रस्त भएको शिवकोटीले बताए ।रोजगारिकै शिलशिलामा मृतकको श्रीमती इज्रायलमा रहेको तथा घरमा छोरी-छोरी रहेका छन।
ईन्द्रमणीको मृत्युको बारेमा नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई तितोपाटी सम्पादकले जानकारी गराइएको छ भने मृतकको बारेमा सबै जानकारी लिएर कानुनी प्रकृयामा सहजिकरणका लागि दुताबासले सक्दो सहयोग गर्ने लिङ्देन बताएका छन।तितोपाटी डट कम
December 7, 2018 5:22 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।