यस्ता डाक्टरको कथा, जसले विरामीको उपचार होइन हत्या गरे
एजेन्सी । यो संसारमा अमानवीय गुण भएका मानिसको कमी छैन । जो मानिस भएर पनि आफ्नो कामले दानव भए । जसले यस्ता घटना गराए जसलाई सुनेर पनि मानिसहरुको मुटु काँप्छ मानीवय इतिहासमा कैयौं सीरियल किलर रहे, जसको करतुले आजभोली पनि निकै डर लाग्छ । यस्तै एक नाम थियो, हारोल्ड शिपम्यानको ।हामी हारोल्ढ शिपम्यानको त्यो डरलाग्दो कथाबारे जानकारी दिन गइरहेका छौं । तपाईहरुले यस्तो कथा कहिले पनि सुन्नु भएको छैन होला । खासमा हारोल्ड शिपम्यानलाई ‘द एन्जल अफ डेथ’ र ‘डाक्टर डेथ’का नामले चिनिन्छ ।
उसको नामले नै दुनियाँ काँप्न थाल्थ्यो, त्यसैले मानिसहरु उसको नाम नै सुन्न चाहँदैन थिए ।हारोल्ड शिपम्यानको जन्म १४ जनवरी, १९४६ मा इंग्ल्याण्डको नाटिघंममा भएको थियो । १९७० मा उसले डाक्टर अभ्यास शुरु गरेको थियो । यसैक्रममा थाहा छैन उसको शिरमा के भुत चढ्यो, उसले विरामीर्ला मार्नका लागि अफिमको ओभर डोज दिन थाल्यो । जसकेको कारण विरामीको मृत्युको कारण पनि पत्ता लगाउन सकिँदैनथ्यो
हारोल्डको निशानामा धेरैजसो महिला हुने गरेको बताइन्छ । हैरानीको कुरा के छ भने उ आफूले मारेका विरामीको अन्तिम संस्कारमा पनि सहभागी हुन्थ्यो । तथ्यांकअनुसार १९९८ सम्म उसले करिब २५० जना मानिसको हत्या गरेको थियो ।
मारिने मध्ये धेरैजसो महिला थिए ।हारोल्डकी आमालाई फोक्सोको क्यान्सर रहेको बताइन्छ । क्यान्सरकै कारण उनको मृत्यु पनि भयो । यस घटनापछि हारोल्डलाई निकै दुःख पर्यो । र उसले यसै घटनापछि हत्या गर्न शुरु गर्यो ।
२४ जून १९९८ मा एक ८१ वर्षीया महिलाको मृत्युपछि उसको अपराधको पर्दाफास भयो ।घटनाको अनुसन्धानपछि प्रहरीले उसलाई गिरफ्तार गरेर अदालतमा पेश गर्यो । प्रहरीले अदालतमा १५ हत्यामा दोषी भएको प्रमाण पेश गर्यो ।अदालतले उसलाई जन्मकैदको फैसला सुनायो । १३ जनवरी २००४ का दि जेलमै हारोल्डले झुण्डिएर आत्महत्या गर्यो ।
December 12, 2018 12:54 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन