५ नेपाली महिलाको साउदी अरबियामा बिजोक ।
तेज थापा,
साउदि अरब – साउदी अरबियाको राजधानी रियाद नजिकै मज्मा भन्ने स्थानमा नेपाली महिलाहरु अलपत्र परेका छन् । अल मजल कम्पनी हाल रुपान्तरित नाम “अल सिटि” कम्पनीमा कार्यरत ५ जना नेपाली महिला कामदारहरु करार बमोजिम सेवा सुविधा नपाइ समस्या परेका हुन् । विगत चार बर्ष देखि काम गर्दै आइरहेकि सिन्चु ४ मुरलिखोला, सुर्खेतकी दिल सरा खत्री लामो समयदेखि अस्थायी आवासीय परिचयपत्र (इकमा) बिहिन छिन् । ६ महिना देखि तलब पाएकि छैनन् भने स्वदेश जान्छु भन्दा पनि कम्पनीले चासो नै दिदैन । त्यस्तै दमक नगरपालिका वार्ड न १९, झापाकि बिनिता धिमाल, लेटाङ्ग फेरुवा ५, मोरङ कि कुमारी लिम्बु, माडी २, चितवन कि सावित्री दराई, बिराटनगर मोरङ कि चन्द्र कला भण्डारी सबैको एउटै समस्या छ ।
“हामि कमाउन र छोराछोरी पढाउन भन्दै साउदी अरबिया आयौं, सोचे जस्तो भएन, जस्सरी भए नि स्वदेश जाने उपाए गरिदिनु पर्यो” भन्दै पिडित महिला कामदारहरुले आफुलाई फोन सम्पर्क गरि दुखेसो पोखेको लिला(बिचारी )बहादुर बुढाथोकीले बताए ।
नेपाल मेलमिलाप प्रबासिय संघका संस्थापक एबम संघका अध्यक्ष समेत रहेका बिचारिले पिडित महिलाहरुको समस्या आफ्नो संघमा जानकारी दिदै छलफल चलाएको जनाए । साथै उनिहरुको समस्या समाधानका लागि नेपालको मेनपावर कम्पनी तथा नेपाली राज दुताबास रियादलाइ जानकारी गराइ संघले समन्वयकारि भुमिका अघि बढाएको बुढाथोकी बताउँछन् ।
बिचारीका अनुसार पिडित महिला कार्यरत कम्पनि मेनेजर (इजिप्ट नागरिक) सँग फोन सम्पर्क गरि कुरा गरेपछि एक-एक महिनाको तलब उपलब्ध गराएको छ । त्यसैगरी उनिहरुको समस्या नेपाली राजदूतावास रियादलाई समेत जानकारी दिइएको छ । बुढाथोकीले दिएको जानकारी अनुसार नेपाली राजदुतावास रियादका श्रम सहचारी अम्बिका प्रसाद अधिकारीसँग समन्वय गरि पिडित महिलाहरुलाइ स्वदेश पठाउने बिषयमा पहल भइरहेको छ भने उनिहरुको ठेगाना, पासपोर्ट नम्बर इकमा नम्बर मोबाइल नम्बर लगायतका जानकारीहरु श्रमसहचारिलाई उपलब्ध गराइएको र दूतावासबाट छिट्टै नै उनिहरुको उद्धारका लागि पहल गरिने आश्वासन दिइएको छ ।
पिडित पाँचैजना महिलाहरु काठमाण्डौको जाउलाखेल स्थित अस्फ़ोट मेनपावरबाट जनहि ५०-६५ हजार रुपैयाँ बुझाइ साउदी अरब आएको लिला बुढाथोकीले बताए ।
December 14, 2018 11:57 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन