लोक पप गायक दुर्गेश थापा र बिबि मल्लले तताए कुवेत
माधब शाही –
कुवेत – लोक पप गायक दुर्गेश थापा र बिबि मल्लले कुवेत तताएका छन् । कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले आयोजना गरेको सांगीति कार्यक्रममा अतिथि चर्चित लोक पप गायक दुर्गेश थापा र स्थानीय लोक पप गायक बिबि मल्लले धमाकेदार प्रस्तुति पस्की यो मंगसिरको चिसोमा कुवेतवासी नेपालीहरुलाई तताएका हुन् ।

कल्याणकारी नेपाली युवा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीको सभापतित्वमा सम्पन्न सांगीतिक कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका श्रम-सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए भने शर्माका बुवा बिशेष अतिथि रहेका थिए । पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरीकृष्ण न्यौपाने , सुदुरपश्चिम सेवा समाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल , आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी ,समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रजलन बाट कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो ।

सांगितिक कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका श्रम-सहचारी ज्ञानेन्द्र शर्मा , पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरीकृष्ण न्यौपाने सुदुरपश्चिम सेवा समाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का , लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल , आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृततामांग लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

झन्डै १५०० गीत हरुमा स्वर भरिसकेका साथै बहुला , तिम्रो साथ हास्न पाए, हास्न सिकायौ, आफ्नो भन्ने कस्लाई यहाँ भन्ने बोलको गीत लगायत दर्जनौ गीतमा अभिनय गरिसकेका नेपालका निकै चर्चित ख्याती प्राप्त लोक पप गायक तथा मोडल दुर्गेश थापाले देश भक्ती गीत ” बिर गोर्खाली कित वार कित पार ” बोलको गीत पहीलो प्रस्तुतिका स्वरूप पस्केका थिए भने ” कसैको भर छैन मलाई कसैको डर छैन ” बेहुला बनाउछु भन्थी बहुला बनाएर गई ” “रातो रातो खुर्सानी” लगायत एक दर्जन जति प्रस्तुति पस्की उपस्थिति हरुको मन जित्न सफल भएका थिए ।
कुवेतलाई कर्मथलो बनाई बसेका चर्चित लोक पप् गायक बिबि मल्लको “आँखैमा गाजल लपक्कै” बोलको गीतको प्रस्तुतिले उपस्थित हरुलाई नचाउन सफल भयका थिए भने दर्शक हरुले वन्स मोर वन्स मोर भनी फेरी गाउनका लागी अनुरोध गरेका थिए ।
अतिथि कलाकार दुर्गेश थापाको साथमा स्थानीय कलाकार हरुको जोडदार प्रस्तुति रहेको थियो । पुजा बस्नेत ,श्याम तामांग , सोनु गुरुङ , सोफिया राई लगायतले नृत्य प्रस्तुत गरेका थिए भने खेम शाही ठकुरी , लोक गायक राजेन्द्र बिरही , बिबि मल्ल , लालु परियार , राजु थापा , बिराज तामांग , राजन सुबेधीले गायन प्रस्तुत गरेका थिए ।
पत्रकार आनन्द आचार्य र लोक गायक माधब शर्माले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए भने समाजका महासचिब रबी बान्तवा राईले अगन्तुक हरुलाई मन्तब्य द्वारा स्वागत गरेका थिए ।

” हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुलनाराका साथ स्थापना भयको संस्था कल्याणकारी नेपाली युवा समाजकुवेतले नेपाली समाजमा छोटो समयमा धेरै सामाजिक कार्यहरु गरसकेको छ ।
अतिथि कलाकार गायक तथा मोडल दुर्गेश थापालाई पन्चे बाजाले स्वागत गरियको थियो ।


सांगितिक कार्यक्रमका सभापती प्रदिप कार्कीले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।

















December 15, 2018 12:34 am | टप,प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन