घरमा पालेको कुकुरले आफ्नो ज्यान दिएर बचायो पूरै परिवारको ज्यान
क्वालालम्पुर। मलेशियामा घरमा पालिएको एक कुकुरले आफ्नो ज्यान दिएर पूरै परिवारको ज्यान बचाएको छ । परिवारका सदस्यले कुकुरलाई बोलाइरहेका थिए तर कुकुर आइरहेको थिएन । लामो समयसम्म कुकुर नआएपछि उनीहरु बाहिर गएर हेर्दा निकै डरलाग्दो दृश्य देखे । खासमा त्यो घरको आँगनमा एउटा विशाल अजिंगर आएको थियो । परिवारलाई बचाउन कुकुर २० फिट लामो अजिंगरसँग भिड्यो
अजिंगरसँग लडाइँको क्रममा कुकुरको मृत्यु भयो । घरका सदस्यलाई यो कुरा तब थाहा भयो जब बोलाउँदा पनि कुकुर घरभित्र आएन । बाहिर गएर हेर्दा कुकुरको मृत शरीरलाई अजिंगरले बेरेर राखेको थियो । घटना १० डिसेम्बरका दिन मलेसियाको श्रीअमन शहरको जालान केजातो क्षेत्रमा भएको हो । कुकुर र अजिंगरलाई सबैभन्दा पहिले देख्े परिवारका सदस्यका अनुसार कुकुरलाई छुटाउन उनले अजिंगरमाथि लौराले आक्रमण गरेका थिए । लगातार लठ्ठीले हिर्काएपछि अजिंगरले डराएर कुकुरलाई छोडिदियो । त्यसपछि अजिंगर नजिकै बनेको एउटा ठूलो प्वालमा गएर लुक्यो ।
त्यतिबेलासम्म कुकुरको भने मृत्यु भइसकेको थियो । घटनापछि घरका सदस्यहरुलाई आफ्नो चिन्ताले सताउन थाल्यो । उनीहरुले अजिंगर समात्नको लागि फायर एण्ड रेस्क्यू डिपार्टमेन्टमा खबर गरे । त्यसपछि आएको उद्धार टोलीका ९ सदस्यले करिब १ घण्टा लगाएर अजिंगरलाई समाते । परिवारलाई कुकुरको मृत्युको निकै दुःख लागेको छ । उनीहरुका अनुसार उनीहरु जीवित हुनुको कारण कुकुर थियो । यदि कुकुर नभएको भए अजिंगर घरभित्र आइसकेको हुन्थ्यो र परिवारका सदस्यलाई मार्न सक्थ्यो ।
December 15, 2018 10:09 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन