९ वर्षको बच्चाको तौल २०० केजी, हेर्दाहेर्दै हात्ति जस्तै भयो
एजेन्सी । इन्डोनेसियाको पश्चिमी जाभाका आर्य परमानालाई संसारकै मोटो बच्चा भनिएको थियो । खासमा ९ वर्षको उमेरमा आर्यको तौल २०० केजीसम्म पुगेको थियो । यो बच्चा जन्मदा स्वस्थ थियो ।अचानक दुई वर्षको उमेरमा गुब्बारा जस्तै फुल्न थाल्यो । घरका मानिसहरुलाई हैरान भयो । उनीहरुलाई थाहा भएन के भएको हो । उसको आहारा पनि बढेको थियो । उसले पुरै परिवारलाई बनाएको खाना एक्लै खान्थ्यो । हालै एक्सपट्र्सको टीमले उसको भोजनमा कटौती गरेर उसको तौल आधा गर्न सहयोग गरेको छ ।
आर्यका अभिभावकले जन्मदा स्वस्थ जन्मेको बताए । उसकी आमालाई गर्भवती हुँदा कुनै समस्या थिएन र ३.२ केजीको बच्चा जन्मिएको थियो दुई वर्षसम्म आर्यमा कुनै अनौठो परिवर्तन देखिएन । तर, त्यसपछि उसको तौल बढ्न थाल्यो । केही समयपछि उ आफ्नो दाई भन्दा पनि मोटो हुन थाल्यो । स्थिति काबुभन्दा बाहिर गइसकेको थियो । आर्यको साइजका कपडा पनि पाउन छोडिसके । त्यसपछि उ नसिलाएको कपडामा लटपटिन थाल्यो ।
आर्यकी आमाले यदि उ सुतेमा उठान नसकिने गरेको बताइन । उसको हिँडडुल पनि बन्द भइसकेको थियो । किनकी उसले आफ्नो शीरको तौल सम्हाल्न नसक्ने भइसकेको थियो । यसै कारण उसले विद्यालय पनि छोड्नु पर्यो । उ खान्थ्यो र सुत्थ्यो मात्र ।आर्यका आमाबाबु चिन्तामा परे । आफ्नो नजिकका सबै डाक्टरहरुलाई देखाए । तर, कुनै सहयोग भएन। सहरमा ठूला डाक्टरहरुलाई देखाउन सल्लाह पाए । तर, सामान्य किसान उनीसँग उपचारका लागि पैसा थिएन । आर्यको खानाका लागि पनि छिमेकीसँग ऋण माग्नुपर्ने भएको थियो ।
एक एनजीओको सहयोगमा उसको उपचार शुरु भयो । डाक्टरहरुले सबैभन्दा पहिला उसको रोगको कारण थाहा पाउन जाँच गरे । जब सटिक कारण पत्ता लागेन, डाक्टरहरुले सर्जरी गर्ने निर्णय गरे । सर्जरी गरेर उसको १९ केजी तौल कम गरियो । तर, यो उसका लागि कुनै प्रभावी थिएन । उसको शरीर खतरनाक हिसाबले बढिरहेको थियो ।
पछि एक डाईटीशियनले उसको खानाको डाइट चार्ट बनाए र उसमा शख्खयुत्त, सबै खाना हटाए र दुई जना फिटनेस एक्सपर्टले उसलाई एक्सरसाइज गराए र दैनिक ५ किलोमीरटर हिँडाए । हेर्दा हेर्दै उसको तौल घट्न थाल्यो ।दुई वर्षमा उसको तौल ९८ केजीको आसपास भयो । आर्य जब हिँडडुल नर्ग सक्दैनथ्यो, उ बसेर आफ्नो मनपर्ने टीम लिभरपुलको खेल हेथ्र्यो । ठिक भएपछि उसले भन्यो उ पनि फुबलर बन्छु ।
December 20, 2018 1:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन