पाँच सय दिरामको लेबर काममा यूएई छिरेका फुयाँल बने चाइनिज रेस्टुरेन्टका मालिक
यूएई – अजमानको बसपार्क नजिकै अल बुस्तान भन्ने ठाउँमा भेटिन्छ, चाइना टाउन रेस्टुरेन्ट । नाम सुन्दा विदेशी भएपनि यसका सञ्चालक भने नेपाली हुन् ।
विदेशहरूमा चाइनिज रेस्टुरेन्टको ब्रान्ड बनेको चाइना टाउन रेस्टुरेन्ट यूएईका विभिन्न स्टेटमा मात्रै नभएर अन्य देशहरूमा पनि यी ब्रान्डका रेस्टुरेन्टहरू पाइन्छन् । हो, तिनै चाइनिज ब्रान्डको रेस्टुरेन्टका सञ्चालक हुन्, तारकेश्वार नगरपालिका ३ काठमाडाेँका नानिराम फुयाल । पाँच सय दिरामको लेबर काममा यूएई छिरेका फुयाँल चाइनिज रेस्टुरेन्टका मालिक बनेका छन् । यूएईमा रहेका नेपाली रेस्टुरेन्टमध्ये फरक र भिन्न शैलीमा चलाइएको रेस्टुरेन्टमा नेपाली भन्दा विदेशी पर्यटक बढी आउने गर्छन् ।
अन्य नेपाली रेस्टुरेन्टहरूले नेपालीहरूलाई नै ग्राहक बनाएका छन् भने यहाँ विदेशी ग्राहकले नेपाली स्वाद लिएर जान्छन् । नेपालीहरूमाझ त्यति धेरै पुग्न नसकेको रेस्टुरेन्टले हाल आएर नेपालीहरूलाई पनि फोकस गरेर मेनु तयार पारेको छ । “हामीले पहिले विदेशीलाई मात्रै टार्गेट गरेर मूल्य राखेका थियौं, अहिले नेपालीहरूलाई पनि टार्गेट गर्दै सबै नेपालीहरू रेस्टुरेन्टहरूको सरह मूल्य राखेका छौं,” फुयाल भन्छन्, “बढी अर्डरहरू अनलाइनमार्फत् आउने रेस्टुरेन्टमा नेपाली ग्राहकको लागि छुट्टै मेनु बनाएका छन् । मूल्य र क्वालिटीमा कम गरेका छैनौं ।” नेपालीहरूलाई आफ्नो नेपालीपन आभास दिलाउनको लागि खानाका मूल्यमा केही समायोजन गरेको फुयालले बताए ।
होटलसम्बन्धी पढाइ गरेका फुयाल सामान्य लेबलमा यूएई छिरेपनि पाँचतारे होटल, बैंकलगायतमा काम गर्दै आफ्नै व्यवसायतिर छिरेका थिए । आफ्नो पढाइअनुसारको व्यवसाय गर्न पाएका फुयालले पिपल ट्राभल एन्ड टुरिजम कम्पनीका पनि मालिक हुन् । ट्राभलतिर खासै ध्यान नदिएका फुयाल रेस्टुरेन्टमा भने आफैं बसेर क्वालिटी लगायत चेकचाँज गर्ने गर्छन् ।
दुई छोरामध्ये ठूलो छोरोलाई काठमाडौंमा राखेर पढाएका फुयालले सानो छोरासहित परिवारसँगै यूएईमै बस्दै आएका छन् । “व्यापार गरेपछि छोडेर हिँड्यो भने क्वालिटी बिग्रन सक्छ । क्वालिटी बिग्रियो भने फेरि कस्टोमर पुनः आउँदैन । त्यसैले आफैं बसेर दैनिक चेक गर्ने गर्छु,” उनी भन्छन् । प्रायः रेष्टुरेन्टतिर भेटिने फुयालले मार्केटिङ मेनेजरदेखि बिजनेस डेभलपलमेन्टसम्मका मेनेजर राखेर रेस्टुरेन्ट चलाएका छन् ।
सामान्यतयाः यूएईमा बिहानैदेखि राति १२ बजेसम्म रेस्टुरेन्ट खुल्ने गर्छन् । तर अलि फरक शैलीमा चलाइएको यो रेस्टुरेन्ट भने बिहान ११ बजेमात्रै खुल्छ र राति १२ बजे बन्द हुन्छ । विदेशी आइटमहरू पनि प्रस्ताव पाइने रेस्टुरेन्टमा नेपाली ढिँडो, गुन्द्रुकको अचार, थकाली सेट, नेवारी सेट, मःम, चाउमिनलगायतका नेपाली परिकारहरू पनि प्रशस्त पाइने गर्छ भने पार्टी हल पनि व्यवस्था रहेको छ । विदेशी आएर नेपाली फुड खाएर ग्रेट भन्ने कमेन्ट गर्दा आफूलाई निकै गर्वको महसुस गर्ने फुयाल भन्छन्, “धेरै गर्न नसकेपनि सानै कामबाट भए पनि विदेशमा आफ्नो देश चिनाउन लागि परेको छु ।”
प्रायः व्यवसाय नेपाली केन्द्रित
अन्तर्राष्ट्रिय व्यापार बजारमा रहेको यूएईमा नेपालीहरू भने प्रायः नेपाली केन्द्रित व्यवसायमा केन्द्रित भएको देखिन्छ । यूएईमा नेपाली व्यवसायलाई तुलनात्मक रुपमा हेर्ने हो भने रेस्टुरेन्ट र ट्राभल भेटिन्छ । करिब तीन लाखको हाराहारीमा नेपालीहरू रहेको ठाउँमा अन्य व्यवसायतिर नेपालीहरू लागेको देखिन्न । एकै ठाउँमा एकै प्रकारका व्यवसायमा प्रतिस्पर्धा गरेपनि भिन्न प्रकारका व्यवसायतिर नेपालीहरू लागेको देखिँदैन । केहीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको व्यापारमा लागेपनि धेरै भने यूएईमा रहेको करिब तीन लाख नेपाली जनसंख्या केन्द्रितमा भएको देखिन्छ ।
यूएईमा करिब एक हजार नेपाली व्यवसायमा लागेको देखिन्छ । हालसम्म देखिएका धेरै नेपाली व्यवसाय नेपाली केन्द्रित देखिए पनि पूरै नेपाली बजारलाई समेट्न सकेको छैन । अत्यधिक मात्रामा रहेका ट्राभलको लागि युनिफर्म, ट्राभलकै लागि आवश्यक स्टेसनरी, रेस्टुरेन्टको लागि आवश्यक पर्ने सामग्री र टाईपिङ सेन्टर, कपाल काट्ने पसल, लन्ड्री, सुपर मार्केट, क्लिनिक, एक्सचेञ्ज हाउस, पेस्ट कन्ट्रोललगायत नेपालीहरूलाई नै आवश्यक पर्ने व्यवसायतिर नेपालीहरू लागेको देखिँदैन । यूएईमा रहेका करिब तीन लाख नेपाली र करिब एक हजार नेपाली व्यवसायलाई आवश्यकता सामग्रीहरूमात्रै दिन सकेपनि यूएईमा व्यवसाय सफल हुने देखिन्छ ।कारोबार दैनिक
December 20, 2018 3:52 pm | अर्थ,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।