प्रेमविवाहको ९ वर्षपछि खुसीसाथ सम्बन्धविच्छेद गर्ने जोडीको कहानीले सबैका आँखा रसाए
टेक्सस। अमेरिकाको टेक्ससमा एक सैनिकको सम्बन्धविच्छेदको कहानी सुन्दा सबैका आँखा रसाएका छन् । यो जोडीले ९ वर्ष पहिले प्रेमविवाह गरेका थिए । उनीहरु एक अर्कासँग निकै खुसी थिए । यति हुँदाहुँदै पनि उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय गर्दै सबैलाई चकित पारिदिए । जब सम्बन्धविच्छेदको कारण खुल्यो त्यसपछि भने सबैका आँखा रसाए ।
जेक र मारिया नामका यी दुईले ९ वर्षअघि प्रेमविवाह गरेका थिए । जेक सैनिक हुन् । उनीहरुको सम्बन्धमा कुनै समस्या थिएन । यी दुईका २ सन्तान थिए, ६ वर्षका ब्राइटन र २ वर्षका फेरन । फेरन जन्मिँदा नै उनलाई वुल्फ हिस्र्कोर्न सिन्ड्रोम नामको दुर्लभ रोग थियो । यो रोगका कारण उनको अनुहार बिग्रिइसकेको थियो र उनलाई धेरै शारीरिक समस्या थिए । यही रोग यी दुईको लागि निकै ठूलो समस्या बनेको थियो ।
छोराको उपचारका लागि उनीहरुले डाक्टरसँग परामर्श गर्दा थाहा भयो कि विशेष किसिमको उपचारबाट मात्र उनी ठिक हुन सक्छन् । यी दुईले छोराको उपचार सुरु गराए जो निकै महंगो थियो । उनको औषधी र अन्य खर्चमा जेकको पूरै कमाइले पनि पुग्न छोड्यो । त्यसपछि यी दुईले स्वास्थ्य बीमा कम्पनीसँग सहयोग मागे । यी दुईलाई सबैभन्दा ठूलो झट्का तब लाग्यो जब कम्पनीले भन्यो कि यी दुई सहयोग गर्नुपर्ने पात्र होइनन् । जेक सेनामा भएको र उनको तलब धेरै भएको भन्दै कम्पनीले उनीहरुलाई सहयोग नगर्ने बतायो ।
कम्पनीले यो सहयोग कम आम्दानी भएका वा गरिबहरुलाई मात्र दिइने बतायो । छोराको हालत बिग्रिइरहेको थियो त्यसपछि यी दुईले निकै आश्चर्यजनक फैसला गरे । यी दुईले छोरालाई बचाउनको लागि सम्बन्धविच्छेद गर्ने निर्णय गरे । कानुनी रुपले सम्बन्धविच्छेद गरेपछि मारिया एकल हुन्थिन् र उनीसँग आम्दानीको कुनै स्रोत थिएन ।
त्यसपछि उनले बीमा कम्पनीबाट सहयोग पाउँथिन् । यी दुईको यो कुरा उनीहरुका एक साथीले थाहा पाएपछि निकै भावुक भए । उनले सामाजिक संजालमा यो कहानी शेयर गरे जसलाई पढेर सबै भावुक भए । यो घटनाको जानकारी पाएपछि एक गैर सरकारी संस्थाले सहयोग गर्ने बताएको छ । जेकका एक साथीले अनलाइन आर्थिक सहयोग जुटाउने अभियान पनि सुरु गरेका छन् ।
December 24, 2018 12:06 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन