

‘नेपाल आइडल’ रवि वडलाई सुदूरपश्चिम सरकारले दियो सम्मान

धनगढी : नेपाल आइडल सिजन–२ का विजेता रवि वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा सम्मान गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा आइडल रविलाई स्वागत र सम्मान कार्यक्रमा गरिएको हो । स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले अवसर पाएमा पछाडि पारिएको व्यक्तिले गर्न सक्छ भन्ने पुष्टि गरेको बताए ।
मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रको कला, संस्कृतिको संरक्षण र कलाको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।
‘प्रतियोगिता आयोजना गर्ने संस्थालाई धन्यवाद छ’, उनले भने, ‘ग्रामिण बस्तीको कलाहरुलाई अगाडि ल्याएको छ ।’ उनले कला संस्कति उजागर गर्न प्रदेश सरकार गम्भीर भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए । सुदूरपश्चिमको माया सद्भाव ले गर्दा आइडल जिताएकोमा उनले खुसी व्यक्त गरे ।
‘सबैको साथ सहयोगले नेपाल आइडल विजेता बन्न सफल भएको छु’ उनले भने, ‘तर संगीतको पहिलो खुट्किलो मात्र पार गरेकोले अझै पनि मैले धेरै संघर्ष गर्नुपर्ने छ ।’ स्वागत सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, कैलालीको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।अन्नपूर्ण पोष्ट
December 24, 2018 2:59 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो

प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्यायाे

फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे : मेयर साह

कुवेतमा इ – पास्पोटको लागि के-के प्रक्रिया र कागजात चाहिन्छ?

धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

