‘नेपाल आइडल’ रवि वडलाई सुदूरपश्चिम सरकारले दियो सम्मान
धनगढी : नेपाल आइडल सिजन–२ का विजेता रवि वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा सम्मान गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा आइडल रविलाई स्वागत र सम्मान कार्यक्रमा गरिएको हो । स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले अवसर पाएमा पछाडि पारिएको व्यक्तिले गर्न सक्छ भन्ने पुष्टि गरेको बताए ।
मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रको कला, संस्कृतिको संरक्षण र कलाको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।
‘प्रतियोगिता आयोजना गर्ने संस्थालाई धन्यवाद छ’, उनले भने, ‘ग्रामिण बस्तीको कलाहरुलाई अगाडि ल्याएको छ ।’ उनले कला संस्कति उजागर गर्न प्रदेश सरकार गम्भीर भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए । सुदूरपश्चिमको माया सद्भाव ले गर्दा आइडल जिताएकोमा उनले खुसी व्यक्त गरे ।
‘सबैको साथ सहयोगले नेपाल आइडल विजेता बन्न सफल भएको छु’ उनले भने, ‘तर संगीतको पहिलो खुट्किलो मात्र पार गरेकोले अझै पनि मैले धेरै संघर्ष गर्नुपर्ने छ ।’ स्वागत सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, कैलालीको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।अन्नपूर्ण पोष्ट
December 24, 2018 2:59 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।