एकै रात खरानी भयो खाडा
कालिकोट : कालिकोट जिल्लाको पलाँता गाँउपालिका वडा नम्बर १ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। आइतबार राति करिब १० बजेदेखि स्थानीय नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले न्यौपानेहरूको उद्गमस्थल भनेर चिनिने खाडाका ८७ घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन्।
परम्परागत शैलीका खरले छाएको छाना भएका १६९ घरधुरी रहेको उक्त गाउको तल्लो छेउमा रहेको नवीन न्यौपाने र मनीचन्द्र न्यौपानेको घरको माथिल्लो तलाबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट बनाएको हो।
शनिबार राति १० बजेदेखी सुरु भएको आगो नेपाल प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा सोमबार दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको थियो। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खाडामा भएको आगलागीले ठूलो क्षति भएको बताए।
क्षतिको एकीन विवरण मंगलबारसम्म मात्र आउने भएपनि अनुमानित ३ करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको बताए। खाडाको गाँउमा २०६२ सालमा पनि आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका थिए।

आगलागी पहिलेको खाडा गाउँ।
पलाँताको खाडामा भएको आगलागीमा ७ जना स्थानीयवासी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख देवेन्द्रकुमार मल्लका अनुसार घाइते हुनेहरूमा ७० वर्षकी चन्द्ररुपा संज्याल, ७० वर्षका देवराज हमाल, ३५ वर्षका विष्णुऋषि न्यौपाने, ५८ वर्षका कर्णप्रसाद न्यौपाने, १० वर्षकी करिस्मा न्यौपाने र ९ वर्षका रत्न न्यौपाने छन्। चन्द्ररुपा संज्याल गम्भीर घाइते छन्।अन्नपूर्ण पोष्ट बाट
December 24, 2018 5:41 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।