आर सी सी अल कासिम साउदी अरब र प्रवासी नेपाली समन्वय समिति बिच अन्तरकृया कार्यक्रम सम्पन्न
साउदि अरब- गत २५ डिसेम्बर २०१८ आर सी सी अल कासिमले एक औपचारीक कार्यक्रम गरि प्रवासी नेपाली समन्वय समिति (PNCC) का प्रतिनिधिहरुको साउदी आगमन सँगै उहाँहरुको स्वागत र आर सि सि अल कासिम सह कोषाध्यक्ष गिरधारी खनालको बिदाई कार्यक्रम एकै समारोहमा गर्दै PNCC का प्रतिनिधिहरुसंग एकआपसमा छलफल तथा अन्तरकृया कार्यक्रम गरेको छ ।
पिएनसीसी अध्यक्ष कुल प्रसाद कार्किको प्रमुख अतिथ्य, आरसीसी कासिमका अध्यक्ष रम्जानदिन मियाँ को सभापतित्व, पिएनसीसी सल्लाहकार तार भण्डारी, एन सी सी सचिब बिशाल श्रेष्ठ, एन सी सी सह-कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, आर सी सी सल्लाहकार मनिष कोईराला, र गन्तब्य नेपालका अभियन्ता सुरेन्द्र लिम्बुको अतिथ्यमा स्थानिय नेपालीदाजुभाईहरुको उपस्थितिमा आर सी सी सह-सचिब ध्रुब कटुवालद्वारा कार्यक्रम संचालित भएको थियो ।
आर सी सी सचिब बिष्णु रावलको स्वागत मन्तब्य सँगै सुरु गरिएको कार्यक्रम PNCC का प्रतिनिधिहरुको स्वागत र सह-कोषाध्यक्षको बिदाई कार्यक्रम गरि 2 चरणमा गरिएको थियो । पहिलो चरणमा पिएनसीसी सल्लाहकार तारा भण्डारी ले एन्ड्रोईड एप्लिकेसन शुभयात्रा ( Shuvayatra) को बृस्तित जानकारी गराउँदै थप बिकासका र प्रभाबकारिता बारे आ-आफ्नो राय सल्लाह सुझाब दिन अनुरोध गर्नु भएको थियो भने प्रमुख अतिथ्य पिएनसीसी अध्यक्ष कुल प्रसाद कार्कि ले PNCC को उद्दश्यहरु, र गतिबिधिहरुको जानकारी गराउँदै थुप्रै सानाठूला समाजसेवा गर्दै आइरहेको थानेस्वर भुसाल र प्रसान्त लिम्बु बचाउ अभियान चलाइ उद्दार गर्न सफल हुनु भएको र भुपाल बस्नेत बचाउको लागी पनि सहयोग गरिदिनु हुन सम्पुर्ण साउदीका संघ संस्थाहरुलाइ अनुरोध गर्नु भएको थियो । यसैगरी मन्चमा आसिन सम्पूर्ण अतिथिहरुद्वारा मन्तब्य दिंदै PNCC का प्रतिनिधिहरुको स्वागत गर्न र प्रत्यक्ष छलफल तथा अन्तरकृया गर्न पाउँदा निकैनै खुशी रहेको र आगामी दिनहरुमा पनि समन्वय गर्ने धारणा ब्यक्त गर्नुको साथै कर्म भुमीको बसाईँ सकेर जन्म भुमि प्रस्तान गर्दै लाग्नु भएको आर सी सी सह कोषाध्यक्ष गिरधारी खनाल को नेपाल बसाइँ सोचे भन्दा बढी सफलताको कामना गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा सभपती द्वारा PNCC का प्रतिनिधिहरुको स्वागतमा खुशी ब्यक्त गर्दै आफ्नो अमुल्य समय दिई यो अल कासिम आउनु भएका उहाँहरुलाई धेरै धेरै धन्यबाद दिदै भुपाल बस्नेत रिहाई को छिट्टै सफलताको कामना सहित आगामि दिनहरुमा अरु सहकार्य गर्ने धारणा ब्यक्त गर्नु भएको थियो । अन्त्यमा कर्म भुमि नेपाल फर्किदै गर्नु भएको सह कोषाध्यक्ष गिरधारी खनाल को नेपाल बसाइँ को सफताको कामना सहित कार्यक्रम सफलता साथ सम्पन्न गर्न साथ दिनुहुने सम्पूर्णलाई धन्यबाद दिदैं कार्यक्रम समापन भएको थियो ।
अलकासिमबाट रम्जानदिन मियाका साथ तेज थापा, साउदि अरब ।
December 27, 2018 3:18 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।