पारिवारिक समाज नेपाल, साउदीका अध्यक्ष अमृत पौडेलको पहलमा CWEAF नेपाललाई १ लाख २० हजार रुपैयाँ सहयोग।
तेज थापा,
काठमाडौं – पारिवारिक समाज नेपाल, साउदी अरबका अध्यक्ष अमृत पौडेलको पहलमा ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’ लाई १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग प्रादन गरिएको छ । स्वेता के.सी. अध्यक्ष रहेको उक्त संस्थालाई काठमाडौंमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै संस्था कि अध्यक्ष केसीले सो रकम अनाथ बालबालिकाहरुलाई राख्ने टहरो निर्माणमा खर्च गर्ने बताएकी छिन् ।
के.सी.ले विगत १० बर्षदेखि अनाथ बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् भने हाल उनको आश्रममा २५ जना अनाथ बालबालिकाहरुले आश्रय पाएका छन् । विगत केही बर्षदेखि घर भाडामा लिइ आश्रम संचालन गर्दै आएकी के. सी.ले खर्च कम गर्न हाल १ रोपनी जग्गा लिजमा लिइ अनाथ बालबालिकाहरुको आश्रमका लागि एउटा टहरो निर्माण गर्दै छिन् । सो टहरा निर्माण र व्यवस्थापनका लागि उनले देश विदेशका सहयोग गर्न इच्छुक दाताहरुसँग आर्थिक सहयोगको लागि अनुरोध समेत गरेकी छिन् ।
सो अभियानमा हातेमालो गर्दै पारिवारिक समाज नेपाल, साउदीका अध्यक्ष अमृत पौडेलको सकृयतामा अमृत पौडेल सा.रि. ७४१, द्वारिका राज गिरी सा.रि. ६३१, अमर सापकोटा सा.रि. ५००, मदन ओडारी, सा.रि. २००, हेम सुबेदी, सा.रि. २००, सौरव आचार्य सा.रि. १६६, अरुण बेलबासे सा.रि. १५०, सन्तोष सुबेदी सा.रि. १५०, राजाराम थारु सा.रि. १५०, हुम सुनारी मगर सा.रि. १०१, बिनोद खड्का सा.रि. १०१, गोपाल पंगेनी सा.रि. १०१, बाबुराम शर्मा सा.रि. १०१, पारस काफ्ले सा.रि. १०१, श्री रायमाझी सा.रि. १०१, जीतेन्द्र थपलिया सा.रि. १००, सुरेशराज त्रिपाठी सा.रि. ५१, पदम प्रसाद पाण्डे सा.रि. ५१, महेश घिमिरे सा.रि. ५१, गणेश पोख्रेल सा.रि. ५१, बिष्णु पौडेल सा.रि. ५१, तोकानाथ न्यौपाने सा.रि. ५१, लक्ष्मण पौडेल सा.रि. ५० र बिष्णु घिमिरे सा.रि. ५० लगायतका सहयोगी दाताहरुबाट जम्मा साउदि रियाल ४,००० अर्थात नेपाली रुपैयाँ १लाख २० हजार सहयोग जुटाईएको थियोे ।
संकलित रकम समाजका पूर्व प्रमुख सल्लाहकार हुम सुनारी मगर र समाज कै अध्यक्ष अमृत पौडेलकि धर्मपत्नी लक्ष्मी पौडेलले बालबालिका तथा महिला शिक्षा सहयोगार्थ संस्था कि अध्यक्ष के.सी.लाई आज पौष १३, गते हस्तान्तरण गरेका हुन् ।
स्मरण रहोस्, अमृत पौडेल अध्यक्ष रहेको संस्था, पारिवारिक समाज नेपालले विगतमा धेरै ऐतिहासिक सामाजिक कार्यहरु गरिसकेको छ । एक बर्ष अगाडी साउदी अरेवीयामा तीन वटा कार्यक्रम आयोजना गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई ७० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको थियो ।
त्यसैगरी साउदीमा आजीवन जेल सजाय सुनाइएका रोल्पाका दिल ब. घर्ती र गोर्खाका कुमार रानालाई जेलमुक्त गराउन समाजले झन्डै साढे चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने समाजले यस्ता अन्य सामाजिक कार्यहरुमा समेत सकृयता देखाउदै आइरहेको छ ।
December 28, 2018 1:39 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन