साउदी अरबमा तमू ल्होसारको रौनकता !
तेज थापा,
साउदि अरब- तमु धिं प्रवास साखा साउदि अरबले आज “तमू ल्होसार कार्यक्रम” सम्पन्न गरेको छ । साउदि शाखाले यस बर्षको “फो” ल्होसार अर्थात गुरुङ जातीको नयाँ बर्ष पौष पन्द्र साउदि अरबको अलखोबर स्थित दरबार रेस्टुरेन्टमा सम्पन्न गरेको हो ।
साउदी शाखाका अध्यक्ष खेम गुरुङको सभापतित्व तथा नेपाली राजदूतावास रियादका स्थानीय कर्मचारी हरि घिमिरे दम्पतीको प्रमुख अतिथ्य रहेको कार्यक्रमलाई महासचिव मेक गुरुङले संचालन गरेका थिए भने उपाध्यक्ष तुलसी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा संस्थाका संरक्षक, कार्यसमितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गुरुङ तथा गैर गुरुङ नेपाली जनसमुदायहरुको उल्लेख उपस्थित एवम् सहभागीता रहेको थियोे ।
नेपाली राष्ट्रिय गानको धुनसँगै प्रारम्भ भएको कार्यक्रम प्रमुख अतिथि, सभापति तथा संरक्षकद्वारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियोे । ल्होसारको शुभकामना दिदै शाखाका संरक्षक ओम घलेले गुरु जातिहरुको परम्परा र यस बर्ष पर्न गएको “फो” ल्होसारका बारेमा प्रस्टाएका थिए । त्यसैगरि कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली दूतावासका स्थानिय कर्मचारी हरि घिमिरेले आफ्नो शुभकामना मन्तव्य सहित नेपाली राजदूतावास रियादका राजदूत प्रो.डा. महेन्द्र सिंह राजपुतको शुभकामना शन्देश वाचन गरेर सुनाएका थिए । कार्यक्रममा सहभागी सबैलाई आभार प्रकट गर्दै तमु धीं शाखाका अध्यक्ष खेम गुरुङले पहिलो खण्डको अौपचारिक कार्यक्रम समापन गरेका थिए ।
दोस्रो चरणको अनौपचारिक कार्यक्रम अन्तर्गत विभिन्न गित-संगित तथा नृत्यले हलको रौनक रमाइलो बनेको थियोे भने ल्होसार पर्वमा तयार पारिएको परिकार सहभागीहरुलाइ भोजन गराइएको थियोे ।
साउदी अरब जस्तो मुलुकमा गुरुङ जातीहरुले वर्षेनी यस्ता कार्यक्रमहरु गर्दै आफ्नो रितिरिवाज, परम्परा र संस्कृतिको जगेर्ना गर्दै आएका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन