कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?
काठमाडौं । खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या हुन्छ । त्यति मात्रै होइन कब्जियत समेत हुन्छ । कब्जियत भयो भने समस्या हुन्छ ।कब्जियत निको पार्ने बहानामा जथाभावी चूर्णको प्रयोग गर्नु हुँदैन । त्यस्ता चिजले एकपटक त आराम दिन्छ, तर पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुन थाल्छ ।
दिसा गर्नकै लागि पनि औषधिको प्रयोग गर्नु हुँदैन । त्यस्ता औषधिको प्रयोगले तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ ।
एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्त्याउँछ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।
कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान पु-याउनुपर्छ । फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजालगायत सेवन गर्दा राम्रो हुन्छ । त्यस्तै, किसमिस, बदाम आदिको प्रयोगले पनि कब्जियतमा राहत मिल्छ ।
अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । कब्जियत भएमा दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ ।
December 30, 2018 11:21 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन