सुत्केरी भैँसीलाई तीन हजार भत्ता
बागचौर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालेको छ । नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालिएको मेयर लोकमान बुढाथोकीले जानकारी दिए । १ पुसयता नौवटा सुत्केरी भैँसी तीन हजार रुपैयाँका दरले भत्ता पाएका छन् । भैँसीलाई भत्ता दिन नगरपालिकाले चालू आर्थिक वर्षमा साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘व्यावसायिक भैँसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न सुत्केरी भैँसीलाई भत्ता दिने व्यवस्था गरेका हौँ,’ मेयर बुढाथोकीले भने, ‘यसले भैँसीपालक किसान उत्साहित हुने र दूध उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।’ सुत्केरी भैँसीलाई भत्ता दिन मेयर बुढाथोकी गोठमै पुगेपछि किसान दंग परेका छन् । बागचौर–९ का भैँसीपालक किसान वेदप्रसाद डाँगीले भने, ‘मेयर सा’ब भत्ता लिएर गोठमै आउनुभयो । यसले हामीलाई भैँसी पाल्न प्रोत्साहन मिलेको छ ।’
पाडापाडीको जन्मदर्ता
नगरपालिकाले नयाँ जन्मिने पाडापाडीको जन्मदर्ताको तयारीसमेत गरेको छ । सुत्केरी भैँसीलाई भत्ता दिँदा नयाँ जन्मिएका पाडापाडीको जन्मदर्तासमेत गरिने डाँगीले जानकारी दिए । यसले भैँसीको तथ्यांक र व्यावसायिक पशुपालन, दुग्ध उत्पादन, पशु बिमालगायतका क्षेत्रमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसीको नस्ल सुधार गरेर दुग्ध उत्पादन बढाउन कृत्रिम गर्भाधानको व्यवस्थासमेत नगरपालिकाले गरेको छ ।
यस वर्ष डेढ सय भैँसीलाई भत्ता
नगरपालिकाले यस वर्ष डेढ सय भैँसीलाई भत्ता दिन पुग्ने गरी साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ । किसानले भैँसी सुत्केरी भएको जानकारी गराएपछि सामान्य प्रक्रिया पु-याएर भत्ता दिइने कार्यकारी अधिकृत भीष्मकुमार मल्लले जानकारी दिए । बागचौर नगरपालिकामा करिब पाँच सय भैँसी रहेका नगरपालिकाको पशुपंक्षी विकास शाखाका लोकेन्द्र डाँगीले बताए ।नयँपत्रिका बाट
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन