तीन वर्षकी छोरीको लागि आमाले ल्याइन् गुडिया, बाहिरबाट हेर्दा सामान्य नै थियो तर
ब्युनसआयर्स। अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा एक आमाले आफ्नी ३ वर्षकी छोरीको लागि एउटा गुडिया ल्याइदिइन् । बार्बी डल देखेर उनकी छोरी पनि निकै खुसी भइन् । तर केही दिनपछि महिलाले जब गुडियाको कपडा फेरिदिन थालिन् उनको होस उड्यो । आमाले छोरीसँग खेल्दै गुडियाको कपडा फेरिदिँदै थिइन् । गुडियाको कपडा खोल्नासाथ उनको रिसको पारो चढ्यो ।
रिसाएकी आमाले सामाजिक संजालमा गुडिया कम्पनीविरुद्ध आफ्नो रिस पोखेकी छिन् । जब महिलाले गुडियाको कपडा फेरिदिँदै थिइन् यही क्रममा उनकी छोरीले गुडयाको दुई खुट्टाको बीचको भाग देखिन् । उनले आमासँग सोधिन् कि यो के हो ? त्यहाँ प्लाष्टिकको केही भाग यस्तो बनेको थियो जो त्यहाँ हुनु हुँदैनथ्यो । महिला यो देखेर दंग परिन् कि बालबालिकाको खेलौनामा यो कस्तो लापरवाही गरिँदैछ ।
त्यो गुडिया बार्बी डलको थियो अर्थात ती बार्बी डल बालिका थिइन् । तर, गुडियाको तल पुरुष गुप्तांग बनेको थियो । गुडियाको बाँकी शरीर सबै केटीको थियो तर गुप्तांग मात्र पुरुष थियो । महिलालाई लाग्यो शायद यो संसारकै पहिलो ट्रन्सजेण्डर गुडिया हो ।
उनले भनिन् ‘मैले बुझ्न सकिरहेकी थिइन कि यस्तो कसरी हुन्छ ? हामी वयस्कहरु त यो विषयमा खुलेर कुरा गर्न सक्दैनौं भने यस्तो कुराले कलिला बालबालिकाको दिमागमा कस्तो असर पार्छ ? यदि तपाइँ मेरो ठाउँमा भएको भए नाबालक छोरीलाई के जवाफ दिनुहुन्थ्यो ?’
एकातिर ती महिलाले खेलौनामा यस्तो लापरवाहीलाई लिएर सामाजिक संजालमा विरोध गरेकी छिन्, अर्कोतर्फ लण्डनका केही गुडिया कम्पनीले भने बजारमा ट्रान्सजेण्डर गुडिया ल्याउने बताइसकेका छन् । उनीहरुले यस विषयमा काम सुरु भइसकेको बताएका छन् ।
January 2, 2019 12:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन