तुलसी सेवन गर्नुका यति धेरै फाइदा
काठमाडौं । तुलसी बहुउपयोगी एवं औषधीय गुणले सम्पन्न बनस्पति हो। तुलसीको यही विशेषताको लागि हिन्दू धर्मावलम्बीहरूले घर आँगनमा मठ बनाएर रोप्ने र पूजा गर्ने गर्दछन्। आर्युवेदमा पनि तुलसीको विशेष महत्वको बारेमा उल्लेख गरेको पाइन्छ ।
धार्मिक आस्थाको हिसाबले यसलाई हिन्दूहरूले भगवान बिष्णुको अवतार मानेतापनि तुलसीलाई एउटा वनस्पतिको रुपमा मात्र लिने हो भने औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ।
झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ। किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या आदि हुनेगर्छ। यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ।
नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन। तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ। तर त्यसका लागि सेवन गर्ने विधि भने थाहा हुनुपर्छ। बिहान खाली पेटमा तुलसीको चाररपाँच वटा पातलाई पिसेर दुई चम्चा पानीसँग सेवन गर्न सकिन्छ।
उक्त पातलाई यत्तिकै चपाएर पनि सेवन गर्न सकिन्छ। सेवन विधि एवं फाइदाहरू
१) तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन। यदि चिसो लागेको छ भने कफ निकाल्छ। छातीको दुखाइ पनि कम गर्छ। तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ।
२) निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ।
३) अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ। तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ। त्यसमा राम्ररी पिसेको मरिच र सुख्खा अदुवाको सूठो मिसाउनुपर्छ। अब यो मिश्रणलाई तातो पानीमा उमालेपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्याबाट मुक्ति दिलाउँछ।
४) तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ। यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ। यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ। बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ।
टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ। यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ। माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ। यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ।
यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ जसले तनावको स्तर कम गर्छ। डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण एकदमै प्रभावकारी औषधी हो।
January 2, 2019 1:02 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन