चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीलाई कुवेतमा भब्य स्वागत
कुवेत -चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीलाई कुवेतवासी नेपाली हरुले भब्य स्वागत गरेका छन् ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमका लागी कुवेत आईपुगेका चर्चित गायक खुमन अधिकारी लाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका हुन् ।गायक खुमन अधिकारी आज बिहान ५ बजे फ्लाई दुबई एरवेजमा बाट कुवेत आईपुगेका हुन् ।
“मौलिक कला र सँस्कृतिका साथमा कलाकारको जगेर्ना गरौँ “ भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले कुवेतमा अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम भब्य रुपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए | कार्यक्रममा अतिथि कलाकारले धमाका मच्चाउने छन् भने स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ |
संस्थाका अध्यक्ष डोलराज न्यौपानेले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताँउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ-सँस्था पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रमबारे जानकारी –
मिति:- जनवरी ४ तारिख शुक्रबार २०१९
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक :-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन