अधिकांश सपना किन भुलिन्छ ? यस्तो छ कारण
निदाएपछि देखिने सपना अनेक किसिमका हुन्छन् । कहिले हामीले सपना सम्झिन सक्छौं भने कहिले सम्झिन सक्दैनौं। कहिले त हामीले सपना देखें कि, देखिन भन्ने याद पनि रहँदैन। यो हामी सुतिरहेको समयमा आँखा र दिमागको स्थितिमा भर पर्ने कुरा हो। सुतिरहेको समयमा मानिस दुईवटा स्थितिमा रहन्छ। एउटा स्थिति र्यापिड आइ मुभमेन्टु अर्थात आँखाको चलायमान अवस्था हो भने, अर्को नन-‘र्यापिड आइ मुभमेन्ट अर्थात आँखा चलायमान नभएको अवस्था हो ।
सपना नदेख्नु भनेको नन-र्यापिड आइ मुभमेन्ट हो। यदि सुतेको समयमा हामी र्यापिड आइ मुभमेन्टमा छौं भने सपना देखिन्छ । कहिले काहीं हामीले सपना देखिरहेका हुन्छौं, केही कुरा निन्द्रामै भन्न खोजिरहेका हुन्छौं, तर भन्न सकिरहेका हुँदैनौं।
कोही व्यक्ति त निन्द्रामै आँखा खोलिरहेका तर शान्त देखिन्छन् । त्यतिबेला पनि उनीहरु सपनामा हुन्छन्, जसलाई स्लिपिङ्ग प्यारालाइसिस भनिन्छ । निन्द्रामा हिंड्नु, बोल्नु, स्लिपिङ्ग प्यारालिसिस हुनु कुनै रोग होइन कहिलेकाहीं हामीले सपना देख्छौं, जस्तै कतै उडेको, घुमेको आदि । त्यो समयमा हामी सपनामा मात्र नभएर वास्तविक जीवनमै त्यसो भैरहेको र हामी रमाइरहेको महसुस गर्छौं।
कहिलेकाहीं डरलाग्दो सपना देख्छौं र सपनामा देखेको त्यो कुरालाई वास्तविक जीवनमै भएको ठानेर डराउने गर्छौं। त्यस्तो अवस्थालाई लुसिड ड्रिमिङ्ग भनिन्छ । लुसिड ड्रिमिङ्गमा रहेर सपना देख्ने व्यक्तिले यदि आफ्नो कन्सस माइन्ड प्रयोग गर्छ भने उसले आफ्नो चाहे जस्तो सपना देखेर सपनाको मज्जा लिन पनि सक्छ। पूरानो मान्यता अनुसार, हामीले देख्ने सपनाले भोलीको दिनमा घट्न सक्ने घटनाहरुको बारेमा बताउँछन्। तर, वैज्ञानिकहरुले भने यसलाई प्रमाणित गर्न सकेका छैनन्।
January 3, 2019 4:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन