आफ्नो स्तनको दूध बेचेरै महिला बनिन् लखपति !
एजेन्सी। साइप्रसकी एक महिला आफ्नो दूध बेचेर लखपति बनेकी छन्। विश्वास नलागे पनि यो सत्य हो। दुई बच्चाकी आमा राफाएला लान्प्रोउ आफ्नो दूध बेचेर लाखौं कमाउँछिन्। राफाएलाको ब्रेस्ट मिल्क बडी बिल्डिङ गर्ने पुरुषले निकै डिमाण्ड गर्ने गरेका छन्। राफाएलाले केही समय पहिला एक बच्चालाई जन्म दिएकी थिइन्। तर उनको दूध धेरै मात्रामा आउन थाल्यो।
राफाएलाका अनुसार उनको दूध धेरै आउन थाल्यो। ब्रस्ट फिडिङका क्रममा उनलाई आफ्नो दूध धेरै आएको थाहा भयो। उनले डाक्टरसँग सल्लाह पनि गरिन्। डाक्टरका अनुसार उनको शरीरबाट आवश्यकता भन्दा धेरै दूध आइरहको थियो। दूध आफैं निस्कन थालेपछि उनले बच्चाकालागि दूध स्टोर गर्न थालिन्। दूध धेरै भएपछि उनले अनलाइनमार्फत दूध बेच्ने निर्णय गरिन्।
राफाएलालाई ब्रेस्ट मिल्कको प्रोटीन र भिटामिनबाट धेरै मात्रामा शक्ति प्राप्त हुन्छ भन्ने थाहा थियो। वेट लसदेखि बडी बिल्डिङ गर्ने मानिसले अनलाईन मार्फत किन्छन् भन्ने पनि थाहा थियो। त्यसपछि उनले आफ्नो दूध अनलाइनमार्फत बेच्न थालिन्।
उनका अनुसार दूध अनलाइनमार्फत बेच्न सुरु गरेकी थिइनन् तब उनले त्यस्ता महिलालाई आफ्नो दूध दान गर्न थालिन् जो ब्रेस्ट मिल्ककालागि संघर्ष गरिरहेका छन्। ‘केही पुरुषले मेरो बारेमा थाहा पाएछन्। त्यसपछि ती पुरुषकालागि मैले अनलाईनमार्फत आफ्नो दूध बेच्न सुरु गरेँ,’ उनले भनिन्। उनले हालसम्म ५० लिटर दूध बेचिसकेकी छन्।
January 3, 2019 4:25 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन