के तपाईलाई थाहा छ ? मोबाइल फोनको प्रयोगबाट पनि डण्डिफोर आउछ , पुरा पढ्नुहोस्
अधिकांस युवायुवती र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसले अनुहारलाई एकदमै नराम्रो असर पार्छ । यो समस्या निरन्तर आइरहन्छ ।
हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। अनुहारका विभिन्न भागमा आउने डण्डिफोरको कारण पनि धेरै छन् , यस्ता विभिन्न कारणहरु निम्न छन् ,
आँखाको बिचमा र नाकको माथि डण्डिफोरः
यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सोसम्बन्धि रोग छ भन्ने बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुनु हो । राती चिल्लो पदार्थको सेवन गरेमा शरिरभित्र टोक्सिन निर्माण हुने गर्दछ । यस कारण यो स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।
गालामा डण्डिफोरः
गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो ।
निधारमा डण्डिफोरः
निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ । यसबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नुहोस् ।
चिउँडोमा डण्डिफोरः
चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।
बंगाराको रेखामा डण्डिफोरः
थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।
ओठको आसपास डण्डिफोरः
ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ । तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।
नाकको आसपास डण्डिफोरः
अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ ।तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन