अनाैठाे विवाह : बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही
भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।
दुलही थिइन् दाैडको केडगाउँकी कोमल देशमुख ।दुलहीका बाबु एक स्थानीय किसान हुन् । काेमलले समाजलाई महिलाहरु पनि कुनै हिसाबले कम छैनन् भन्ने सन्देश दिन यस्तो अलि अनौठो खालकाे काम गरेकाे बताइन् ।उनले जन्ती लिएर जानु केटाहरुको मात्र कपिराइट नभएको अव्यिक्ति दिएकी छिन् । कोमल देशमुख दुलहीको भेषमा विवाहका लागि बुलेट मोटरसाइकलमा निस्किँदा वरपरका देख्नेहरुले कुनै शुटिङको दृश्य झै मानिरहेका थिए ।
टलक्क टल्किने बुलेट मोटरसाइकलमा बसेकी कोमलले दुलही रातो पहिरन र कालो चश्मा लगाएकी थिइन् । आफू मोटरसाइकल चलाएर दायाँबायाँ र अगाडिपछाडि दर्जनौं कारहरुको ताँती लगाएर उनी ५ किलोमिटरको यात्रा तय गर्दै दुलाहाको घरमा पुगेकी थिइन् ।
पछि उनका बाबुले त्यही बुलेट मोटरसाइकल उनलाई उपहार दिएका थिए ।
छोरीले बुलेटमा दुलाहाको घर जाने इच्छा व्यक्त गरेको र त्यसमा दुलाहाका घरतर्फबाट पनि सकारात्मक प्रतिक्रिया आएकाले बुलेट मोटरसाइकलमा जन्ती लिएर दुलाहाको घर जाने व्यवस्था मिलाइदिएको कोमलका बाबुले बताए ।
बुलेट माेटरसाइकल लिएर काेमल दुलाहाको घर पुग्दा दुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमा व्यस्त थिए भने सँगै गएका जन्तीहरु नाच्दै गाउँदै विवाहघर तिर गइरहेका थिए । दुलही मण्डपमा पुग्दा उपस्थित सबैले दुलही कोमल र जन्तीको भव्य स्वागत गरेका थिए।
January 4, 2019 4:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन