जसले अमेरिकाको सुरक्षाको धज्जी उडाउँदै २ करोड लुटेर उडिरहेको विमानबाट गायब भए
सिएटल। संसारमा कैयौं रहस्यमय व्यक्तिहरु छन् । यीमध्येका डीबी कूपर नामका व्यक्ति एक यस्ता रहस्य हुन् जसलाई बुझ्न पुलिससहित कैयौं अनुसन्धान एजेन्सीले आफ्नो ४८ पर्षको समय खर्च गरिसकेका छन् । १९७१ मा डीबी कूपरले अमेरिकाको सुरक्षाको धज्जी उडाउँदै उडिरहेको विमानमा २ लाख डलर लुटेका थिए र उडिरहेको विमानबाटै गायब भएका थिए । ४८ वर्षपछि अहिलेसम्म पनि पुलिस र जाँच एजेन्सीले कूपरलाई खोजिरहेका छन् । यही कारण उनलाई इतिहासकै सबैभन्दा रहस्यमय मानिस भनिन्छ ।
यो घटना २४ नोभेम्बर १९७१ को हो । आफ्नो योजनाअनुसार कूपर पोर्टल्याण्ड एयरपोर्ट पुगे । आफ्नो हातमा कालो ब्याग लिएका कूपर टिकट काउन्टरतिर गए । उनले २० डलर दिएर विमानको टिकट लिए । त्यहाँ उनले आफ्नो नाम डेन कूपर बताएका थिए । यो ाम वास्तविक हो कि होइन भन्ने समेत कसैलाई थाहा छैन । उनले सिएटल जाने विमानको टिकट लिए र काउन्टरबाट विमानतर्फ गए । उनी एयरहोस्टेसलाई टिकट देखाएर विमान बोइङ ७२७ मा गए ।
त्यतिबेला अमेरिकाका एयरपोर्टमा खासै सुरक्षा जाँच हुँदैनथ्यो । त्यस दिन कूपरले विमानको पछिल्लो भागमा सिट पाएका थिए जुन उनको योजनाको लागि उपयुक्त थियो । कूपरले आफ्नो ब्याग आफैंसँग राखेका थिए । पोर्टल्याण्डबाट सिएटलको दूरी ३० मिनेटको थियो । कूपरले तत्कालै डरको खेल सुरु गरे । उनले नजिकै बसेकी एयरहोस्टेसलाई एउटा चिठी दिए । एयरहोस्टेसले कागज खोलेर हेर्दा उनको होस उड्यो । लेखिएको थियो ‘मसँग बम छ । मसँग आएर बस्नू र म जे भन्छु त्यही गर्नू ।’
यो पढेपछि उनले यो कुरा अर्की एयरहोस्टेसलाई बताइन् । दुवै कूपरको नजिक गए । कूपरले ब्याग खोलेर देखाए जहाँ एक बम थियो । कूपरले उनीहरुलाई सबै शर्त बताए । उनले विमान नजिकैको एयरपोर्टमा ल्याण्ड गर्न भने । त्यहाँ विमानमा पुनः इन्धन भर्न भने साथमा उनले २ लाख डलर र ४ प्यारासुट पनि मागे । माग सुनेपछि पाइलटले सिएटलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सबै कुरा बताइ ल्याण्ड गर्ने तयारी गरे ।
तुरुन्तै अमेरिकी जाँच एजेन्सी एफबीआइका जवान सिएटल एयरपोर्ट पुगे । एफबिआइले चलाखी गर्दै लगातार नम्बरको सिरिज भएका २ लाख डलरका नोट मगाए । जानीजानी नोटहरु कम दरका राखियो ताकि नोटको संख्या धेरै हुँदा ब्यागको तौल बढी भएर उनलाई भाग्न समस्या होस् । पैसा र प्यारासुट कूपरसम्म पुगिसकेको थियो, विमानमा इन्धन भरिइसकेको थियो । शर्तअनुसार कूपरले सबै यात्रु बाहिर निकाले । पाइलट र एयरहोस्टेसहरुलाई मात्रै विमानमा राखेर पुनः विमान उडाउन लगाए ।
कूपरले पाइलटलाई विमान लिएर मेक्सिको जान भने र विमानलाई कम स्पिडमा उडाउन भने । कूपरलाई थाहा थियो कि अमेरिकी एयरफोर्स र एफबीआइले उनलाई छोड्ने छैनन् । त्यसैले बच्नको लागि उनले छुट्टै योजना बनाएका थिए । विमान उडिरहेकै बेला कूपरले सबै एयरहोस्टेसलाई पनि ककपिटमा जान भने । सबैलाई ककपिटभित्र पठाएपछि कूपरले भित्रबाट ढोका लगाउन भने । पाइलट र एयरहोस्टेस डराएर ककपिटभित्रै बसे ।
अचानक विमान हल्लिन लागेपछि ककपिटमा थुनिएकाहरु आत्तिए । विमानमा हावाको दबाब कम भएको थियो । पाइलटले सिस्टममा हेर्दा विमानको एउटा ढोका खुला थियो र कूपर त्यहाँ थिएनन् । उनले तत्काल विमानको ढोका बन्द गरे अनि पूरै विमानभरी खोजे तर कूपर त्यहाँ थिएनन् । उनी हावामै विमानबाट हाम्फालिसकेका थिए । विमान फर्किएर एयरपोर्ट पुग्यो । विमान ल्याण्ड गर्नासाथ सुरक्षाकर्मीले घेरा हाले तर कूपर त्यहाँ थिएनन् ।
तत्काल कूपरको खोजी सुरु गरियो । पूरै अमेरिकामा उनलाई खोज्ने कोसिस गरियोतर कूपर कहीँ भेटिएनन् । कूपरलाई दिइएका नोट पनि अहिलेसम्म भेटिएका छैनन् । कूपरका बारेमा अनेक हल्लाहरु चले तर कूपर ४८ वर्ष बितिसक्दा अहिलेसम्म पनि भेटिएका छैनन् । जाँच एजेन्सीहरुले उनको फाइल त बन्द गरे तर कूपर अहिले पनि अमेरिकाको मोस्ट वान्टेड लिस्टमा कायमै छन् ।
January 5, 2019 2:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन