दम्पतीको चोरी भएको कार प्रहरीले खोज्यो, तर चौकीबाटै फेरि चोरले पारे गायब
एजेन्सी । इंग्ल्याण्डमा एक कार केही घण्टा भित्रै दुई पटक चोरी भएको छ । घटता लेस्टरको लुटरवर्थको हो । चोर एक दम्पतीको घरमा घुस्छन् । उनीहरुलाई पेस्तुल देखाएर कारको साँचो माग्छन् । र ग्यारेजमा गएर कार लूटेर भाग्छन् ।
दम्पतीले यो घटनाको प्रहरीमा रिपोर्ट गर्छन् । प्रहरीले केही घण्टामै कार बरामद पनि गरेको थियो । र कार भेटिएको जानकारी प्रहरीले सो दम्पतीलाई दियो ।
तर, केही समयपछि चोरहरुले प्रहरी चौकीमै आएर सो कार फेरि चोरेर भागे । त्यसपछि प्रहरीले दम्पतीलाई फोन गरेर माफि माग्यो ।
ओडी कम्पनीको यो कार ४० हजार पाउण्ड करिब ५५ लाख रुपैयाँ नेपाली बराबरको हो ।
प्रहरीले यसलाई एक राजमार्गबाट बरामद गरेको थियो ।
कार दोस्रो पटक चोरी भएको सूचना दिन प्रहरी चौकीबाट दम्पतीलाई फोन गर्दा उनीहरुले प्रश्न गरे कतै मजाक त होइन । तर, प्रहरी कर्मचारीले भने, ‘होइन कार साँच्चै दोस्रो पटक चोरी भएको छ ।’ उसले माफी पनि माग्यो ।
प्रहरीका अनुसार चोरहरुले कारलाई दोस्रो पटक चोरी गर्ने षडयन्त्र पहिला नै बनाएका थिए । खासमा कारमा पेट्रोल सकिएको थियो । त्यसैले चोरले कार राजमार्गमा छोडेका थिए ।
प्रहरीका अनुसार चोरलाई थाहा थियो प्रहरीले कार खोज्ने छ र पेट्रोल भरेर प्रहरी चौकी लिने छ । त्यसपछि फेरि चोरी गर्ने योजना चोरहरुले बनाएका थिए । प्रहरी फेरि यो कारको खोजीमा लागेको छ ।
January 6, 2019 11:23 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन