Friday 19th April 2024

दीपक मनाङेले सपथ लिन नपाउने

5 years अगाडी

कास्की – सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि सपथ ग्रहणका लागि निवेदन दिएका मनाङ (ख) बाट विजयी दीपक मनाङेका नामले परिचित राजीव गुरुङले सपथ लिन नपाउने हुनुभएको छ ।

आइतबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कानुन अनुसार नै सपथ लिन नपाउने निर्णय गरेको हो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुन अनुसार सपथ गराउन नमिल्ने निष्कर्ष निकाल्नुभएको हो ।

गएको पुष ६ गते थुनामुक्त भएपछि सपथ ग्रहणका लागि प्रदेश सभा कार्यालयमै पुगेर निवेदन दिएपछि चर्चामा रहनुभएको उहाँको विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित छन् ।

गएको बिहीबार गुरुङले निवेदन दिएपछि हिजो यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन ।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।

मनाङे सपथको माग गर्दै सर्वोच्च जानसक्ने बाटाेभने अझै खुला छ ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा विभिन्न दलका नेताहरुले यो बिषयमा आफ्नो धारणा राख्ने छन् ।उज्यालो बाट

          January 6, 2019 3:35 pm | टप,राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...