गर्लफ्रेण्डलाई प्रपोज गर्न फ्लाइटमै यस्तोसम्म गरे युवकले, यात्रुले समेत दिए साथ
एजेन्सी । एक व्यक्तिले मिड एयर फ्लाइडमै आफ्नी एयरहोस्टेज गर्लफ्रेण्डलाई प्रपोज गरे। तर खास कुरा के छ भने उक्त प्रस्तावपनि एयरका सबै यात्रुले उत्सव मनाए। यात्रुले गुलावको फूल दिएर एयरहोस्टेजलाई शुभकामना दिए र हातमा प्ले कार्ड दिएर उनको स्वागत गरे।
यो घटना एमिरेट्सको रोमबाट दुबई आउन लागेको फ्लाइटको हो। इटलीका स्टेफ्यानोले आफ्नी गर्लफ्रेण्ड विटोरियोलाई प्रेम प्रस्ताव गर्नका लागि त्यही फ्लाइटको टिकट लिएका थिए, जसमा उनले काम गरिरहेकी थिइन्।
यसै क्रममा युवकले एक योजना बनाए र त्यसमा त्यहाँका सबै यात्रुले साथ दिए। प्रस्तावका लागि उनले पूरै फलाइटलाई सजाइदिए। यो सबै तब भयो जब एयरहोस्टेजले दोस्रो सेक्शनमा काम गरिरहेकी थिइन्।
प्रपोजका लागि युवकलाई एयरका क्रु मेम्बर्सले पनि सहयोग गरे। पछि एमिरेट्सले इंस्टाग्राममाथि उक्त भिडियो शेयर गरेका छन्, जसलाई कयौँ व्यक्तिले हेरिसकेका छन्। भिडियोमा जब एयरहोस्टेज बिजनेस क्लासमा काम सकेर आइन, तब अचानक फ्लाइटको सजावट देखेर अचम्मित भइन्। जब उनलाई सरप्राइजको बारेमा थाहा भयो खुसीले उनका आँखा रसाए।
January 8, 2019 11:21 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन