रजक समाजद्वारा सहयोग वितरण ।
तराइ मधेशमा जाडो दिन प्रतिदिन बढदै जादा सिरहा सप्तरी धनुषा जिल्लाका असाहाय बिपन्न तथा वृद्ध बृद्दाहरुलाइ रजक समाजले राहत स्वरुप सिरक वितरण गरेकोछ । बैदेशिक रोजगारिमा रहेका रजक समाजका युवाहरु र नेपाल स्थित सिरहा सप्तरी धनुषा जिल्लामा रजक समाजका युवाहरुको सक्रियतामा सहयोग वितरण गरिएको हो ।
अध्यक्ष बुधन साफिको अध्यक्षतामा सिराहा स्थिति मिरचैयामा एक कार्यक्रम गरि समाजले तीन वटै जिल्लामा राहत सहयोग गरेको पुर्याएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष सफिले समाजका सदस्यहरुबाट संकलित सहयोगले वृद्ध-वृद्धा तथा सहायहरुलाई थोरै भए पनि राहत मिलेको बताए ।
समाजले पटक-पटक गरिब,असाहय तथा बिपन्न परिवार तथा ब्यक्तीहरु यस्ता लाई सहयोग गर्दै आएकोछ । यसको अलावा नेपाल रजक सेवा समाजले महिला हिंसा, बालबिबाह, महिला शोषण तथा दहेज प्रथा बिरुद्ध समाजिक सचेतना र आवाजहरु उठाउदै आएकोछ । समाज नेपाल ,साउदी अरेबिया, कतार, दुबई, मलेशिया, भारत लगायत देशहरुमा क्रियाशील रहेकोछ ।
समाचार सहयोगी श्याम कुमार सफीको साथ तेज थापा ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन