प्रधानमन्त्रीका दुःख : एकातिर सुशासन अर्कोतिर वाइडबडी !
काठमाडौँ । अनेकौँ प्रश्न र चुनौतीहरूले घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्म सुशासनलाई आफ्नो प्रमुख कार्यसूचीमै राखेका छन् । आफ्ना धेरैजसो सार्वजनिक सम्बोधनमा र पार्टीका आन्तरिक बैठकमा पनि उनले भ्रष्टाचारमा शून्यसहनशीलताको दाबी गरिरहेका हुन्छन् । सरकारका लिखित नीति तथा कार्यक्रम होस् वा पार्टीका दस्तावेज नै किन नहोस्, सत्तारुढ दल नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विकास, सुशासन र समृद्धिलाई सँगसँगै राखेका हुन्छन् ।
तर परिस्थिति प्रधानमन्त्री ओलीले सोचे तथा भाषणमा उनले बताए जसरी अगाडि बढेको छैन । मिडियाबाट सरकारको सुशासनको नीति र काममाथि तालमेल मिलेन भनेर तथ्यहरू सार्वजनिक भएका छन् । कुरा मिडियाको मात्रै होइन, प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएको छ ।
यसै विषयमा सडक र सदनमा काँग्रेसले सरकारमाथि दबाब बनाइरहेको छ । आरोप काँग्रेसको मात्रै पनि छैन । सत्तागठबन्धनमै रहेको सङ्घीय समाजवादी फोरम नेपालले पनि सोचेजस्तो भ्रष्टाचार नियन्त्रण नभएको तथा सुशासनमा खासै प्रगति भएन भनेर प्रधानमन्त्रीलाई स्मरण पत्र नै बुझाएको छ ।
त्यसो त प्रधानमन्त्री ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि सरकारको सुशासन नीतिमाथि गम्भीर प्रश्नहरू उठाइएको छ । यो मुद्दा कहिले पार्टीको स्थायी कमिटी बैठकमा जोडतोडले उठछ, कहिले केन्द्रीय सदस्यले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुशासनको मुद्दा कार्यन्वयन गर्न भन्दै ज्ञापन पत्र नै बुझाउँछन् ।
January 9, 2019 2:00 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन