निर्मला हत्याकाण्डः आमा दुर्गादेविलाई बुवा यज्ञराजले कुटपिट गरे
काठमाडौँ, २७ पुस । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेविलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहात रकम लिन तयार र डिएनए परिक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहिवार कुटपिट गरेको दुर्गादेविले बताएकी छन् ।
भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेविले बताईन । उनले भनिन, ‘दुवै छोरी स्कुल गएका थिए, म भान्साका भात पकाईरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’
कुटपिट गर्न थालेपछि आफु बाहिर आएको उनले बताईन् । उनका अनुसार अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै कुटपिट गरेका थिए । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् ।
राहत बुझेपछि न्याय प्रभावित हुने बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीको तर्क छ । उता, निर्मलाकी आमाले भने राहत बुझेर छोरीको भविष्य बनाउनुपर्ने तर्क गर्दै आएका छिन् ।
January 11, 2019 10:18 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन