प्रेमीलाई एक लाख म्यासेज पठाएर किड्नी खाने चाहाना प्रकट गरेपछि
एजेन्सी। संसारमा विचित्र किसिमका मान्छेहरु हुन्छन् । यहाँ सबैको आ–आफ्नो चाहाना हुन्छ । यस्ता चाहानाहरुकै कारण अनेक किसिमका अचम्मका घटनाहरु हुनेगरेका छन् । जसले बेलाबेलामा एक चोटी सोचमग्न पारिदिन्छ ।
यस्तै एउटा घटना अमेरिकामा घटेको छ । अमेरिकाको फ्लोरिडा राज्यकी एक युवतिले आफ्ना प्रेमीलाई मारे रगत खाने चाहाना राखेकी छिन् । यस्तो चाहाना राख्ने युवति हुन् ज्याकलिन एडिस । एक डेटिङ साइटमा ज्याकलिनको भेट भयो छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग ।
तर, यहाँ कुरा अचम्मको भयो । उनीहरुको डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । अर्थात उनलाई ‘इग्नोर’ महसुस भयो । यसपछि के चाहियो र । ज्याकलिनले दैनिक ५ सय एसएमएस पठाउन थालिन् ती पुरुषलाई ।करिब १ लाख ३९ हजार एसएमएस गरिन् ज्याकलिनले । एसएमएसका केही नमूना यस्ता थिएः
‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’यति मात्र होइन, ज्याकलिनले ती पुरुषलाई लगातार फलो गरिरहिन् ।
एकपटक त ज्याकलिनले आफ्नो निबासमा पतिको नाम भनेर तिनै डेटमा गएका पुरुषको नाम पनि लेखिन् । जम्मा एकपटक डेटमा गएपछि रुची नबढेर बेवास्ता गरेकै कारण १ लाख ३९ हजार एसएमएस र पढ्नै नसकिने सन्देशपछि पीडित पुरुषले प्रहरीमा उजुरी गरे ।उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
January 12, 2019 12:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन