भान्टाः ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी
भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग र आकारका हुन्छन् । जुनसुकै आकार र रङको भएता पनि यसबाट प्रचुर मात्रामा पोषण तत्व तथा एन्टिअक्सिडेन्ट पाइन्छ ।
यसकारण पूर्ण सन्तुलित आहार : भान्टामा न्यून कयालोरी हुन्छ । जसको नियमित सेवनले तौललाई सन्तुलित राख्नमा सहयोग पुग्छ । त्यसैले पनि होला यसलाई तौल न्युनीकरणको आहारको रुपमा पनि लिने गरिन्छ । यसमा आहार जन्य रेसा अर्थात फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचनजन्य समस्या त ठिक पार्छ नै शरिमा कोलेस्ट्रोल र चिनीको मात्रालाई पनि नियन्त्रण गर्ने काम गर्छ । यसको सेवनले कब्जियतको जोखिम पनि कम हुन्छ ।
भान्टामा भिटामीन ए, सी, ई, के, वि ६, नायसीन, फोलेट र कोलीनको मात्र प्रचुर हुन्छ । पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याङगानीज सेलेनियम जस्ता खनीज तत्वहरु पनि सबाट प्राप्त गर्न सकिने भएकाले यसलाई पूर्ण सन्तुलित आहारको रुपमा लिने गरिन्छ ।
भान्टाको नियमित सेवनले जीवनशैल्ाी जन्य मधुमेह, मुटु रोग, शरिरमा बोसोलाग्ने जस्ता जोखिम न्यनिकरण गर्छ । यसमा पाइने भिटामीन बि-६, सी, पोटाशियम, बनस्पतिजन्य पोषणले मुटुजन्य समस्या न्युनिकरणको लागि सहयोग पुर्याउँछ ।यो तरकारीमा फ्याभोनाइड को मात्रा अत्यधिक हुने भएकाले एन्टी अकसीडेन्ट गुण देखाउँछ । एन्थोसाएनीन जस्ता वनस्पतिजन्य फयोभोसाइड भएका खानाको सेवनले मुटु रोगको जोखिमलाई कम गर्ने बैज्ञानिकहरुका विभिन्न अनुसन्धानले नै पुष्टि गरेको छ । यस्तो तत्वले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्छ । जसको कारण रक्तचाप नियन्त्रणमा रहन्छ ।
भान्टामा पाइने अर्को महत्वपूर्ण तत्व भनेको कोरोजेनिक एसीड हो । यसले रगतमा कम घनत्वको लीपो प्रोटिन उत्पादनमा मदत गर्छ । भान्टामा पाइने पोटाशियमले फेरि शरीरमा इलेक्ट्रोलाइटसलाई सन्तुलनमा राख्न मद्दत गर्छ । जसले गर्दा उच्च रक्तचापको जोखिम अति न्युन हुन्छ ।
यति मात्र नभएर भान्टामा भएका अनगिन्ति खनीज, भिटामीन र एन्टिअक्सिडेन्टले शरीरको छालालाई सफा, रसिलो र मुलायम गराएर राख्न मदत गर्छ किनकी भान्टामा भएको अकसीकरणरोधी एन्थोसाइनिन्सले छालाको कोशीकालाई क्षती हुनबाट बचाउँछ । जसले गर्दा छाला च्याउरीने, थोप्ला देखिने, रंग वद्लिनेजस्ता समस्याबाट बच्न सकिन्छ ।
त्यतिमात्र होइन भान्टाको रस लगाउँदा कपालको जरा वलियो हुन्छ । भाण्टाको तरकारी नियमित खानाले कपालको वनावट मा सुधार आउनुका साथै चम्किलो भएर जान्छ ।भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।
भान्टाको बोक्रामा पाइने एन्थोसाइनीन फाइटोले मस्तीष्कको कोषिका क्षति हुनबाट बचाउँछ । यसले मस्तीष्क कोषिकाका झिल्लीहरुमा हुने बोसो संरक्षण गरिराख्न सघाउ पुर्याउँछ । त्यतिमात्र नभएर यसले मस्तिष्क कोषिकाको आवश्यक पोषण तत्व प्रवाहमा पनि गरि विषादीलाई हटाउने काम गर्छ ।भण्टाको रसको सेवनले सहि समयमा पिसाव हुन्छ । जसले गर्दा शरीरवाट सजिलै बिषाक्त पदार्थ वाहिरिई मृगौला स्वस्थ रहन मद्दत पुग्छ ।
भान्टामा न्युन कार्बोहाइड्रेट तथा उच्च रेसा, फाइवर पाइने हुँदा मधुमेहको जोखिम कम हुन्छ । यसले रगतमा अप्रत्याशित रुपमा रगतमा ग्लुकोजको मात्रा बढ्न दिदैन ।भिटामिन-के म्यागानीज, कपर जस्ता तत्वले हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ । किनकी मानिसको शरिरमा कपरको मात्रा कम भएमा हाड कमलो भई खिएर जाने गर्दछ ।
प्राकृतिक रुपमा पाइने फोलेट एउटा स्रोत भान्टा पनि हो ।यस्तो भिटामिनले शरीरमा कोशिका विभाजन तथा नयाँ कोषिकाको उत्पादनमा महत्वपुर्ण भुमीका निर्वाह गर्छ । यसले गर्भमा रहेको बच्चामा न्युराल टयुवमा हुने विकार रोक्न सहयोग गर्छ ।
खाने अनेक तरिका : यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचारलगायतका परिकार बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई अन्य तरकारीमा मिसाएर प्रयोग गर्दा स्वादिष्ट मात्र हुँदैन अत्यन्तै स्वस्थवर्द्धक हुन्छ । यसलाई पूर्ण सन्तुलीत आहारकै रुपमा लिने गरिन्छ । यसमा एन्थो साइनीन जस्तो प्रोभोनाइट जस्ता तत्व अत्याधिक हुने हुँदा तरकारीमा विशेष रंग उत्पन्न गराउँछ गराउँछ ।
January 13, 2019 1:45 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन