प्रहरीलाई ज्योति मगरको प्रश्न, निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने?
सन्धिखर्क : लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।
निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दु:ख दिने अधिरका नभएको उनको तर्क थियो। चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन ज्योती सन्धिखर्कमा आएकी थिइन्।
ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो। उनले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मजाले हँसाइन्। उनले भनिन्, ‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ।यसैमा खुशी छु।’
लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन् भन्दै मानिसको सोचाइ अनुसार शब्दको व्याख्या हुने बताइन्। दोस्रो दिन राष्टिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्।राष्ट्रिय कलाकार ज्योती मगर, पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरीलगायतका कलाकारले आ-आफनो प्रस्तूति दिएका थिए। अन्नपूर्ण पोष्ट

_20190113073112.jpg)

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन