कुवेतमा नेपाली कामदारका समस्या र समाधानका विषयमा दूतावासको अन्तरक्रिया कार्यक्रम सम्पन्न
कुवेत । कुवेतमा रहेको नेपाली दूतावासले कुवेतमा रहेका नेपाली श्रमीकहरुसँग यहाँका जटिलता र कानुनी उपचारका बारेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। गत शुक्रबार श्रमीकहरुले हकहित प्रवर्ध्दन एवं समस्या समाधान” विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा कुवेतका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरू, रोजगारदाता कम्पनीका व्यवस्थापकहरू, कुवेतका कानून व्यवसायी, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु सहित नेपाली संघसंस्थाका प्रतिनिधिहरू एवं स्थानीय पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै कुवेतका लागि नेपाली राजदूत यज्ञ बहादुर हमालले कुवेतमा कार्यरत नेपाली श्रमीकहरूका विभिन्न गम्भीर र जटिल प्रकृतिका समस्याहरू राजदूतावासले उच्च प्राथमिकताका साथ समाधान गर्ने बताएका छन्।साथै राजदूत हमालले विदेश आउनुअघि नै नेपालमा रोजगारका लागि जाने देशको भाषा, भूगोल, श्रम कानुन तथा अन्य सामाजिक, साँस्कृतिक पक्षहरूको बारेमा विस्तृत रूपमा र गहन ढंगबाट जानकारी लिएर आउँदा प्रभावकारी हुने रहेको बताएका छन्।
अहिले रोजगारीको सिलसिलामा कुवेतमा ज्यान गुमाएका र घाईते भएका नेपालीको परिवारलाई दूतावासकै प्रयासमा झण्डै बीस करोड नेपाली रूपैयाँ पाएको पनि बताए। उक्त रकम हाल नेपाल पठाईसकिएको पनि बताए।
.jpg)
कार्यक्रममा राजदूतावासका मिनिष्टर काउन्सिलर प्रकाशमणि पौडेलले सम्पूर्ण सहभागीहरूलाई कार्यक्रममा स्वागत गर्दै नेपाली कामदारहरूले आफ्नो पेशागत ज्ञान, सीप बढाइ वैदेशिक रोजगारबाट अधिकतम लाभ लिन प्रयासरत रहनुपर्ने बताए।
त्यसै गरी राजदूतावासका द्वितीय सचिव ज्ञान बहादुर मगरले कुवेतको श्रम कानुनमा भएका श्रमिकका हकअधिकार, अध्यागमन कानुन तथा श्रमिकहरूका लागि उपयोगी अन्य जानकारीहरू समेटिएको जानकारी दिए।
दूतावासका तृतीय सचिव श्री मनोज कुमार सिंहले संचालन गरेका थिए भने कामदारहरूलाई राजदूतावासबाट प्रकाशित “श्रमिकको साथी” नामक पुस्तिका समेत वितरण गरिएको थियो।
January 13, 2019 4:42 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन