Friday 19th April 2024

एक कुकुरको मृत्युमा पूरा गाउँ शोकमग्न, यसरी निकालियो शवयात्रा

5 years अगाडी

एजेन्सी । भारतको बिहारको एक गाउँमा अनौठो शवयात्रा देखियो । यस अनौठो शवयात्रामा ठूलो संख्यामा मलामी सहभागी भए । यो शवयात्रा कुनै मानिसको थिएन, एक कुकुरको थियो । बिहारको नवादास्थित बारापाण्डेया गाउँमा यो कुकुर सबैको प्रिय थियो । उसको मृत्युमा सबै गाउँलेहरुले उसको अन्तिम विदाई पूरा हिन्दु परम्परामा गर्ने निर्णय लिए ।

नवादाका बारापाण्डेया गाउँमा गोलू नामको एक कुकुर थियो । उ पूरा गाउँमा प्रिय थियो । उ गाउँका बच्चाहरुसँग खेल्थ्यो । एक आवाज दिएपछि आउने र भनेअुसार काम गर्ने उसको विशेषता थियो । राती गाउँमा कुनै अपरिचत छिरेमा पूरा स्वर मच्चाउँथ्यो । उसकै कारण गाउँमा चोरी हुँदैनथ्यो । आफ्नो इमान्दारितका कारण उ सबैको प्रिय भएको थियो ।गएको राती उसको मृत्यु भयो । उसको मृत्युपछि पूरा गाउँ शोकाकुल बन्यो । खास गरेर महिला र बच्चाहरु रोए ।

यसपछि गाउँलेहरुले जिन्दगीभर सेवा गरेको त्यस कुकुरको अन्तिम विदाई गर्ने निर्णय गरे । ब्याण्डबाजासहित उसको शवयात्रा निकालियो । कुकुरको शवयात्रामा पूरै गाउँ उर्लियो । गाउँलेहरुले ओशिलो आँखाले उसको विदाई गरे । गाउँलेहरुले त्यस कुकुरलाई समाजको एक महत्वपूर्ण अंग भएको बताए । उससँग पूरा गाउँको भावानात्मक सम्बन्ध थियो । यो प्रेम दुईतर्फी थियो । गोलूले जिन्दगी भर गाउँको सेवा गरेको थियो ।

          January 14, 2019 4:12 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...