नेपालमा पहिलो पटक कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकियो
काठमाडौँ, पुस । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ ।
अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो । शल्यक्रियाबाट ती बिरामीको कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो ।
सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको जिकिर छ । शल्यक्रियामा उक्त अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए ।
अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहेका प्राडा भण्डारीले भने, “बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले शुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ । बिरामीको सहमति लिएर शल्यक्रिया ग¥यौँ र सफल पनि भयौँ ।”
शल्यक्रियापछिको एक हप्तापछिको अस्पताल बसाइँपछि ती बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए । उक्त अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ ।
January 14, 2019 4:24 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन