जाडो मौंसममा छालाको हेरचाह गर्ने यस्ता छन सरल घरेलु उपायहरु
काठमाडौं । जाडो मौंसममा पनि लामो समय ननुहाउँने लगायतका कारणले गर्दा मानसिको छालामा समस्या आउँन थाल्छ । जाडोमा मौसमको आद्र्रता कम हुने भएकाले छाला सुख्खा हुने, हातखुट्टाका साथै ओठ फुट्ने, केश सुख्खा हुने तथा चायाँ पर्ने समस्या देखिन्छ ।
जाडोमा हातखुट्टा सुन्निने तथा चिलाउने समस्या पनि देखा पर्छ । शरीरमा विभिन्न किसिमका एलर्जी देखिन्छन् । जाडोमा न्यानोका लागि ऊनीका पहिरन लगाइन्छ । यसले पनि कतिपयलाई एलर्जी हुनसक्छ ।
जाडोमा घाममा बस्ने तथा हिटर ताप्ने काम गरिन्छ, यसले गर्दा छाला सुख्खा हुँदै जान्छ । यतिबेलाको घाम चर्को हुने भएकाले अनुहारमा पहिले नै चायाँ भएकाहरूको चायाँ एवं चाउरीपन वृद्धि हुन्छ ।
जाडो मौसममा कडा खालका साबुन प्रयोग गर्दा पनि छाला सुख्खा हुन्छ । समाधानका लागि घाममा बस्दा तथा घरबाहिर निस्कदा एसपीएफयुक्त सनस्क्रिन लगाउनुपर्छ । साबुनको प्रयोग कम गर्नुपर्छ । बालबालिकाको साबुन वा ग्लिसिरिनयुक्त साबुन प्रयोग गर्नु वेश हुन्छ ।
माइल्ड फेसवास प्रयोग गर्न सकिन्छ । त्यसपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यतिबेला जाडो हुने भएकाले पानी कम पिइन्छ । पानी कम हुँदा पनि हातखुट्टा फुट्ने भएकाले प्रशस्त मात्रामा मन तातोपानी पिउनुपर्छ ।
जाडोका लागि भनेर तयार पारिएको मोइस्चराइजर क्रिम लगाउनुपर्छ । जाडोमा पानी, रोजवाटर तथा कागती मिसाएर ग्लिसिरिन लगाउनुपर्छ । धेरै तातोभन्दा पनि मन तातोपानीले नुहाउनुपर्छ ।
नुहाउनासाथ मोइस्चराइजर लोसन प्रयोग गर्नुपर्छ । केशलाई रुखो हुनबाट जोगाउन हप्तामा एकपटक तेल मसाज गराउनुपर्छ । एलर्जीबाट जोगिन ऊनीको पहिरनभित्र सुतीको पहिरन लगाउनुपर्छ । एजेन्सी
January 16, 2019 11:36 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन