फेसबुक प्रोफाइलमा आफ्नो मात्र फोटो राख्दा प्रेमीले प्रेमिकाको तीनवटा दाँत झारिदिए
एजेन्सी – प्रेम भनेको के हो? माया भनेको के हो? प्रेम र मायाको उत्तरको पछाडि दौडियौँ भने शायद यसको जवाफ भेट्न सकिँदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन्।
जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ। मानिसहरूले भने झैँ प्रेम निस्स्वार्थ छ भनौ भने प्रेममा स्वार्थ पनि हुने गरेको छ ।
प्रेमको विषयमा विभिन्न समाचारहरू सुन्ने गरेका छौँ । त्यस्तै एक प्रेमीले फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको निहुँमा आफ्नी प्रेमिकाको दाँत झारिदिएका छन् । लिभरपुलका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले आफ्नी प्रेमिका लोइस एसटोनको तीनवटा दाँत झारिदिएका हुन् ।
म्याकनेयरलाई उक्त घटनापश्चात् ३६ महिनाको जेल सजाय तोकिएको छ । प्रेमिकाले दुईजनाको फोटो हटाएर फेसबुकमा आफ्नो मात्र फोटो राखेका कारण म्याकनेयर रिसाएका थिए ।
‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’ एसटोनले भनिन्, ‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एक पटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने । मैले त्यति बेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैँ फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो ।’
आफ्नो प्रेमीले दाँत झारिदिएपछि बाँच्ने आसासमेत हराएको बताइन् । एसटनले भनिन्, ‘मलाई त्यति बेला म मर्दै छु जस्तो लागेको थियो । सहयोग माग्नका लागि म घस्रिएर बाटोमा पुगेकी थिएँ ।’
आफूमाथि आक्रमण भएको रात म्याकनेयरले आफूलाई महिलाको ‘नाइट आउट’ पार्टीमा एक्लै भएको बताएका थिए । एसटोनले भनिन्, ‘हामी पबमा गयौँ तर उनी हामीसँग बस्दा पनि बसेनन् । उनी अर्को बुथमा हामीलाई हेर्दै बसे ।’
पबपछि एसटोन म्याकनेयरलाई छोडेर आफ्नो साथीको घरमा ककटेलका लागि गइन् । उनले त्यसरात फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको सुतेकी थिइन् । तर भोलिपल्ट उनी निकै भयावह स्थितिमा ब्युँझिइन । म्याकनेयर उनको खुट्टामाथि उभिएर उनीमाथि चिच्याइरहेका थिए ।
‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’ एसटोनले भनिन्, ‘त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । उनलाई टाउकोमा लात्ताले हाने, त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै झर्यो ।’
अत्यधिक डराएकी उनले यसबारे पुलिसमा रिपोर्ट दर्ता गरिनन् । उनी घरेलु हिंसापछि महिलालाई दिइने आश्रयस्थल गइन् । म्याकनेयरको बारम्बारको चेतावनीपछि मात्रै उनले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् ।
January 16, 2019 3:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन