दिपक सिंह ठकुरीका हत्यारा पक्राउ परे संगै ठकुरी सहयोग संजालद्वारा प्रहरीको प्रसंशा
बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला परेका सुर्खेत सिम्ता गाउँपालिका २ काफलकोटका २१ बर्षिय दिपक सिंह ठकुरीको हत्यामा संलग्न २ जनालाई बर्दिया र सुर्खेतबाट फक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अछाम हिज्मा गाउँपालीका वार्ड नं. ६ का भरत बहादुर शाही र बाँकेको राप्ती सोनारी २ का जिरे भनिने युवराज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उता प्रहरीले हत्यारालाई पक्राउ गरे संगै ठकुरी सहयोग संजाल प्रदेश ५ र कर्णाली प्रदेशले प्रहरी प्रशासन तथा कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको प्रसंशा गरेको छ ।
संजालका कर्णाली प्रदेश प्रमुख देब बहादुर शाहीले उक्त कुरा बताउनुभयो । घटना प्रती हाम्रो चासो थियो। संजालले हत्यारालाई पक्रन र कडा भन्दा कडा कार्वाहीको माग गर्दै घटनालाई हामीले नजिकबाट नियालेका थियौं र प्रहरीले उच्च प्रसंशाको काम गरेको छ ‘- ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले बताउनुभयो ।
January 16, 2019 10:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन