Thursday 18th April 2024

गर्भवती बाख्रीको बलात्कार, बाख्रीको मृत्यु, बलात्कारी हिरासतमा

5 years अगाडी

नयाँदिल्ली (एजेन्सी) । भारतको बिहार राजयको राजधानी पटनामा एक लाजलाग्दो घटना सार्वजनिक भएको छ । जहाँ यौन प्यासको आगोमा जलेका एक युवकले एक गर्भवती बाख्रीलाई बलात्कार गरेका छन् । बलात्कारको केही समयपछि बाख्रीको मृत्यु भएको छ ।

घटना सार्वजनिक भएपछि युवकलाई प्रहरीले पक्राउ गरेको छ । आरोपी युवकको उमेर २७ वर्ष हो । र उ मजदूरीको काम गर्दै आएको थियो । यो हैरान पार्ने घटना मंगलबार बेलुकाको हो । नब ग्रामीण पटनाको परसा क्षेत्रमा सिमराज नामको युवकले मदिराको नशाको तालमा एक बाख्रीको बलात्कार गर्यो ।

समाचारअनुसार मधेपुर जिल्ला निवासी मोहम्मद सिमराज पटनाको दिहाडीमा मजदूर काम गथ्र्यो । मंगलबार अपरान्ह करिब ४ बजे उ मदिराको नशामा लट्ट थियो । यसैक्रममा उसले यौन प्यास मेटाउन उसले छिमेकीको एक बाख्रीलाई जबरजस्ती आफुसँग ल्यायो । र घर पछाडी लगेर बाख्रीसँग बलात्कार गर्यो ।

बेलुका अबेर जब महजनी देवी, जसको त्यो बाख्री थियो । उनले गायब बाख्रीको खोजी गरिन् । खोजि हुँदा उनले बाख्रीलाई मृत अवस्थामा फेला पारिन् । यसपछि महजनी देवीले परसा बजार पुलिस स्टेशनमा यस घटनाको रिपोर्ट दर्ता गराइन् । ती महिलाले पुलिसमा दर्ता गराएको रिपोटएमा छिमेकीले उनको बाख्री चोरेर बलात्कार गरेको उल्लेख गरेकी थिइन् । उनले आफ्नो बाख्री ३ महिनाको गर्भवती रहेकोसमेत बताइन् ।

प्रहरीमा रिपोर्टपछि प्रहरी सक्रिय भयो । र आरोपी युवकलाई तुरुन्त पक्राउ गरियो । बुधबार बिहान मृत बाख्रीको पोस्टमार्टमका लागि जिल्ला भेटनरी अस्पतालमा पठाइयो भने आरोपीको पनि मेडिकल जाँचका लागि अस्पताल पठाइएको छ। हाल प्रहरीलाई यो पूरा घटनामा बाख्रीको मृत्युबारे अस्पतालको रिपोर्ट पर्खिरहेको छ । रिपोर्टपछि प्रहरीले थप कारबाही अगाडि बढाउने बताएको छ ।

          January 17, 2019 2:26 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...