Friday 26th April 2024

घरमा उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

5 years अगाडी

यो पृथिवीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ ।

यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ ।अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ । यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन । तपाईंको हाड र दाँत बलियो हुन्छ ।

यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ । यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ । पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ । तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ । पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

          January 17, 2019 3:06 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...