तनाव सहन नसकि साउदीमा एक नेपालीले आत्महत्या गरे ।
तेज थापा –
साउदि अरब – वैदेशिक रोजगारीका सिलसिलामा साउदि अरब आएका एक नेपालीले आत्महत्या गरेका छन् । साउदि अरबको जेद्धा स्थित इनिसियल साउदी ग्रुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिख घाटिमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेका हुन् । विगत ३० महिनादेखि उक्त कम्पनीमा कार्यरत यादव छुट्टि काटि ३ महिना पहिले मात्रै साउदि फर्केका थिए ।
जेद्धाबाट रुद्र प्रसाद गिरीले दिएको जानकारी अनुसार घर फर्कन नपाएका कारण यादव निकै तनावग्रस्त थिए । घरेलु समस्याका कारण नेपाल फर्कन चाहेको तर कम्पनीले ७ हजार साउदि रियाल जम्मा गर्नुपर्ने वा कम्पनीका कार्यरत दुई जना जमानत राख्नुपर्ने अड्डि कसेको थियोे । तत्कालै तोकिएको रकम जम्मा गर्न नसक्दा र जमानत बस्ने कुनै साथी नपाएका कै कारण मानसिक पीडा सहन नसकि आत्महत्या गरेको हुनसक्ने गिरीले बताए । “घटनाबारे तत्कालै नेपाली महावाणिज्यदूतावास जेद्धामा सम्पर्क गरि जानकारी गराईए छ” उनले भने ।
शम्सि नगरपालिका ७ महोत्तरी स्थाइ घर भएका मृतक यादवका घरमा बृद्ध बुबा-आमा, १ छोरी र गर्ववति श्रीमती छन् । घरको आर्थिक स्थिति नाजुक छ भने आयश्रोतको कुनै विकल्प समेत नभएका कारण परिवारको अवस्था निकै दयनीय हुने देखिन्छ ।
January 17, 2019 11:20 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन