Friday 19th April 2024

तनाव सहन नसकि साउदीमा एक नेपालीले आत्महत्या गरे ।

5 years अगाडी

तेज थापा –

साउदि अरब – वैदेशिक रोजगारीका सिलसिलामा साउदि अरब आएका एक नेपालीले आत्महत्या गरेका छन् । साउदि अरबको जेद्धा स्थित  इनिसियल साउदी ग्रुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिख घाटिमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेका हुन् । विगत ३० महिनादेखि उक्त कम्पनीमा कार्यरत यादव छुट्टि काटि ३ महिना पहिले मात्रै साउदि फर्केका थिए ।

जेद्धाबाट रुद्र प्रसाद गिरीले दिएको जानकारी अनुसार घर फर्कन नपाएका कारण यादव निकै तनावग्रस्त थिए । घरेलु समस्याका कारण नेपाल फर्कन चाहेको तर कम्पनीले ७ हजार साउदि रियाल जम्मा गर्नुपर्ने वा कम्पनीका कार्यरत दुई जना जमानत राख्नुपर्ने अड्डि कसेको थियोे ।  तत्कालै तोकिएको रकम जम्मा गर्न नसक्दा र जमानत बस्ने कुनै साथी नपाएका कै कारण मानसिक पीडा सहन नसकि आत्महत्या गरेको हुनसक्ने गिरीले बताए । “घटनाबारे तत्कालै नेपाली महावाणिज्यदूतावास जेद्धामा सम्पर्क गरि जानकारी गराईए छ” उनले भने ।

शम्सि नगरपालिका ७ महोत्तरी स्थाइ घर भएका मृतक यादवका घरमा बृद्ध बुबा-आमा, १ छोरी र गर्ववति श्रीमती छन् । घरको आर्थिक स्थिति नाजुक छ भने आयश्रोतको कुनै विकल्प समेत  नभएका कारण परिवारको अवस्था निकै दयनीय हुने देखिन्छ ।

          January 17, 2019 11:20 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...