Friday 29th March 2024

जानीराख्नुहोस्, छ घण्टाभन्दा कम सुते गम्भिर रोगको खतरा

5 years अगाडी

एजेन्सी, माघ । मानिसहरु रातमा सुत्नुको सट्टा मोबाइल र इन्टरनेटमा व्यस्त हुने र बिहान चाँडै उठेर कामधन्धामा लाग्ने हुँदा उनीहरुको निन्द्रा पूरा हुन पाउँदैन । यसरी हेर्दा त्यस्ता मानिसहरु औसत दैनिक चार देखि पाँच घण्टा मात्र निदाउने गर्छन् । यदि तपाई पनि यही जिवनशैलीमा अभ्यस्त हुँदैहुनुहुन्छ भने सावधान हुनुहोस् किनभने यसले तपाईको स्वास्थलाई खराब मात्र बनाउने होइन गम्भिर रोग पनि उत्पन्न गराउने खतरा हुन्छ ।

हालै एउटा शोधमा रातभरी नसुतेर बिहान चाँडै उठ्ने मानिसहरुलाई धेरैवटा गम्भिर बिरामीको खतरा रहने खुलासा भएको छ ।

त्यस्ता मानिसहरुलाई ऐथिरोस्क्लेरोसिस नामको गम्भिर बिरामीको खतरा बढ्छ । यस्तो बिरामी भएका मानिसहरुको नाडीमा प्लाक जम्छ र त्यसले उनीहरुको शरीरलाई कडा र संकरी बनाउँछ र त्यसको परिणामस्वरुप रक्त संचार कम हुन्छ । यो मुटु रोगको सबैभन्दा ठूलो कारण हो ।

चिकित्सकको अनुसार मुटुरोगबाट बच्नका निम्ति सबैभन्दा पहिले तपाईले आफ्नो न्यूनतम छ घण्टाको निन्द्रा पूरा गर्नुपर्छ । यस बाहेक निन्द्रा पूरा नहुँदा त्यसको असर हाम्रो स्वभाव र जीवनशैलीमा पनि पर्छ । निन्द्र पूरा भएन भने स्वभावमा चिडचिडापना हुन्छ, कुनै काम गर्न मन नलाग्ने हुन्छ ।

जानकारहरुका अनुसार यदि तपाईको निन्द्रा पूरा भएको छैन भने तपाई आफ्नो सप्ताहन्तमा पनि निन्द्रा पूरा गर्नसक्नुहुन्छ तर अत्याधीक सुत्नु हुदैँन भन्ने ख्याल पनि राख्नुपर्छ । यसले टाउको दुख्ने र अल्छी लाग्ने हुन्छ ।आजभोलि अधिकांश युवाहरु स्लिपिङ डिसअर्डनबाट ग्रसित छन् । यसको परिणामस्वरुप उनीहरुमा आक्रोश र हिंसा बढेको पाइन्छ साथै सोच्ने क्षमतामा पनि गिरावट आएको छ ।

          January 18, 2019 12:24 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...