छोराछारीको हेरचाह गर्न सरकारले दियो आमाबाबुलाई पाँच दिन बिदा !
उलानबाटोर । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ । विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् ।
सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो । रोगको संक्रमणमा परेका पाँच वर्ष मुनिका बालबालिकाहरुलाई हेरचाह गर्नका लागि बिदा दिने घोषणा गरिएको उनीहरुको भनाइ छ । सरकारले निजी तथा सार्वजनिक संस्थाहरु तथा कम्पनीहरुलाई पनि त्यस्ता बालबालिका भएका कर्मचारीहरुलाई बिदा दिन पनि आह्वान गरेको छ ।
एशियाली देश मङ्गोलियाको राजधानी उलानबाटोरसहितका ठाउँमा वायु प्रदुषण, इन्फ्ल्युन्जा, निमोनिया र अन्य सरुवा रोगहरुबाट धेरै बालबालिकाहरु प्रभावित भएका छन् । राजधानीमा रहेका अस्पतालमा बालबालिकासम्बन्धी उपचार गर्ने कक्षहरुमा अहिले क्षमताभन्दा बढी बिरामी रहेका छन् । बिरामीहरु आउने क्रम चलिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएको समाचारमा उल्लेख गरिएको छ ।
January 18, 2019 12:35 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन