साउदी अरेवीयाको जेद्दामा सोनाम ल्होसार मनाइने ।
जेद्धाबाट सहयोगी ध्रुव रिजालका साथ तेज थापा,
साउदी अरब – नेपाल तामाङ घेदुङ प्रवास शाखा, राष्ट्रिय समन्वय समिति, जेद्दा साउदी अरेवीयाले सोनाम ल्होसार २८५५ ड्वा फाग ल्हो (सुँगुर वर्ग) को उपलक्षमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि आउदो १ फेब्रुअरी २०१९ शुक्रबारका दिन बिशेश कार्यक्रम सहित सोनाम ल्होसार मनाउने तयारी गरेको हो ।
सोनाम ल्होसारलाइ तामाङ समुदायमा बिषेश सास्कृतिक, धार्मिक महत्व राख्नुको साथै उक्त दिन लाइ नया वर्षको रुपमा पनि मनाउने गर्दछन् । तामाङ घेदुङ, जेद्दा साउदी अरेवीयाले आफ्नो धार्मिक परम्परा, धर्म सस्कृती, रितिरिवाजलाइ जगेर्ना गर्ने हेतुले हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
जेद्दा सरफिया स्थित इम्पाला गार्डेन रेस्टुरेन्टमा मध्यान १२ बजे देखि सुरु गरिने कार्यक्रममा स्थानीय कलाकार भाइबहिनीहरु द्वारा तामाङ सेलो लगाएत विभिन्न नेपाली मौलिकता झल्कने सांगितिक एवम् नृत्यहरु प्रस्तुत गरिने छ ।
संस्थाले नेपाली महावाणीज्य दुतावास जेद्दा लगाएत त्यस क्षेत्रका विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु लाइ उपस्थितको लागि निमन्त्रणा पठाउनुको साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाइ उपस्थित हुनको निम्ति प्रचार-प्रसार गरेको संस्थाका अध्यक्ष दिल बहादुर तामाङ र सल्लाकार सुप्रीम गोलेले जानकारी दिएका छन् ।
January 18, 2019 8:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन